काठमाडौं । बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
बिहीबार ढाका राष्ट्रिय रंगशालामा राति ७ः४५ बजे हुने खेलका लागि मुख्य प्रशिक्षक हरि खड्काले मिडफिल्डर एरिक विष्टलाई बेन्चमा राख्दै पहिलो रोजाई तयार पारेका छन् ।
अघिल्लो महिना एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध दुबै लेगमा पहिलो रोजाईमा खेलेका एरिक लामो समयपछि बेन्चमा सीमित भएका हुन् ।
एरिकलाई प्रतिस्थापन गरेका मणिकुमार लामा लामो समयपछि सुरुआती मिनेट्स देखि नै मैदानमा देखिनेछन् । मिडफिल्डमा उनीसँगै लाकेन लिम्बू, आयुष घलान र मनिष डाँगी छन् ।
पछिल्ला खेलहरुमा डिफेन्सिभ मिडफिल्डको भूमिकामा देखिएका रोहित चन्द सेन्ट्रल ब्याक पोजिसनमा देखिनेछन् । रक्षापङ्क्तिमा उनीसँगै अनन्त तामाङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ र सनीस श्रेष्ठ छन् ।
अग्रपङ्क्तिमा अञ्जन विष्ट एक्लै छन् ।
