कार्तिक २७, २०८२ बिहीबार | १२:२४:२६
नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल हैरान्सले गाईघाटसँग खेल्यो बराबरी सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल हैरान्सले गाईघाटसँग खेल्यो बराबरी सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो

नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि इङ्ल्यान्डका बेन चार्ल्सवर्थ नेपाल आइपुगेका छन् ।

अलराउन्डर चार्ल्सवर्थले एनिपएलमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गर्नेछन् । बुधबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चार्ल्सवर्थलाई काठमाडौंका प्रतिनिधिले स्वागत गरेका थिए ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डौंले एनपिएलको दोस्रो सिजनका लागि विदेशी खेलाडीका रूपमा चार्ल्सवर्थसँगै दक्षिण अफ्रिकाका विकेटकिपररब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्ल्यान्डका विकेटविकपर ब्याटर जोहन सिम्पसन र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरिसकेको छ ।

कुमार र सिम्ससन यसअघि नै नेपाल आइसकेका छन् ।

२४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू गरेका थिए । उनले ५७ खेलमा चार शतक र १५ अर्धशतकसहित २ हजार ७५४ रन बनाएका छन् । यसैगरी उनको  नाममा ३० विकेट पनि छ ।

यस्तै चार्ल्सवर्थले ४४ टी-ट्वान्टी  खेलमा तीन अर्धशतकसहित ७७६ रन बनाएका छन् । इङ्लिस यु(१९ टोलीको प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजन युएईको आइएल टी(२० मा एमआई इमिरेट्सको टोलीमा थिए ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्नेछ । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder