कार्तिक २६, २०८२ बुधबार | २१:०२:०३
ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने

काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) लागि जाम्बोको दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले जाम्बेरी एजुकेसन नेपालसँग नलेज पार्टनरको रूपमा सम्झौता गरेको छ ।

काठमाडौंका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि काठमाडौं गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसन नेपालको लोगो एनपिएल लगाएर खेल्ने छ ।

काठमाडौंका कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरी एजुकेसन नेपालले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

जाम्बोरीका प्रबन्ध निर्देशक मनोज पराजुलीले काठमाडौंमार्फत एनपिएलसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

जाम्बोरीले एक दशकभन्दा बढि समयदेखि विधार्थीलाई स्याट, टोफेल, आइएलटिएस, जिआरई, जिम्याट जस्ता अन्तराष्ट्रिय परिक्षाको तयरीसँगै अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्यनका लागि उपयुक्त विश्वविधालय छनोट र आवेदन प्रकृयामा मार्गदर्शन गर्दै आएको छ ।

काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्स तथा अफिसियल एजुकेसन पार्टनरका रूपमा आइआइएमएस कलेजसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ  ।

यस्तै काठमाडौंलाई शैक्षीक परामर्श संस्था केआइइसीले प्रायोजकका रूपमा साथ दिएको छ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन, दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
घा
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौंले उद्घाटन खेलमा जनकपुरको सामना गर्नेछ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder