मंसिर २७, २०८२ शनिबार | ०१:०९:२९
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं । घरेलु टोली पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा श्रीलंकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल विहिबार हुनेछ ।

मंगलबार रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको ३०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले पुरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २९३ रन बनाउन सक्यो ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५२ बललमा सात चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सदिरा समराविक्रमाले ३९, कामिल मिश्राले ३८, कप्तान चरिथ अस्लंकाले ३२, पथुम निसंकाले २९, जनिथ लियाङ्गेले २८ र महेश तिक्क्षणाले अविजित २१ रन बनाए ।

पाकिस्तानका लागि  ह्यारिस रौफले चार, निशम शाह र फहिम अशरफले समान दुई तथा  मोहम्मद नवाजले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सलमान आघाले ८७ बलमा ९ चौकाको मद्दतले सर्वाधिक १०५ रनको योगदान गरे । यसैगरी हुसेन टलटले ६३ बलमा ६ चौका र एक छक्कासहित ६२, मोहम्मद नवाजले अविजित ३६, फखर जमानले ३२ र बाबज आजमले २९ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन तथा असिस्थ फर्नान्डो र महेश तिक्क्षणाले समान एक विकेट लिए । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II