मंसिर २७, २०८२ शनिबार | ००:२२:४१
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

सुदूरपश्चिमलाई डाबर नेपालको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई डाबर नेपालले ‘एसोसियट’ पर्टनरका रूपमा  साथ दिने भएको छ ।

सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे ।

सम्झौतापछि सुदूरपश्चिमका सिइओ खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘डाबरजस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौंं,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’

यसैगरी डाबर नेपालका मार्केटिङ प्रमुख गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए । उनले भने, ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।’

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II