काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को नयाँ खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार नयाँ मिति सार्वजनिक गरेको हो । रोकिएको अवस्थाबाट पुनः सुचारु हुन लागेको इडब्लुभिएलको नयाँ तालिका अनुसार पहिलो दिन कार्तिक २६ गते कर्णाली यश्विसले मधेश युनाइटेडसँग खेल्नेछ । सोही दिन ललितपुर क्विन्सले पोखरा निन्जाजसँग् प्रतिस्पर्धा गर्नेछ ।
कार्तिक २९ सम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ ।
इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
आयोजकले भदौ २८ गते इडब्लुभिएल रोकिएकै अवस्थाबाट सुरु हुने बताएको थियो । डेढ महिनापछि आयोजकले कर्तिक १८ गते नयाँ मिति घोषणा गर्यो । पाँच दिनपछि आयोजकले खेलतालिका सार्वजनिक गरेको हो ।
अंकतालिकामा ललितपुर क्विन्स र कर्णाली यश्विस समान तीन खेलमा खेलमा ९ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।

