आश्विन ६, २०८२ मंगलबार | १०:४९:३२
रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान

नेपाली क्रिकेट टोली आज युएई प्रस्थान गर्दै, करिब डेढ महिनापछि स्वदेश फर्किने

काठमाडौं ।  भिसा पाएसँगै वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी-२० शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार (आज) संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दैछ । नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण युएईले नेपालीहरुलाई पर्यटक भिसा र कामदार भिसा दुबैमा रोक लगाउँदा नेपालको युएई यात्रा रोकिएको थियो ।

अन्ततः आइतबार भिसा आएसँगै टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो । यसअघि नेपाली टोलीको हवाई उडान शुक्रबार बिहान ९ बजेका लागि तय थियो ।

नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट स्टेडियममा तीन खेल खेल्नेछ । नेपालले टेस्ट मान्यता राष्ट्रसँग कुनै पनि अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको यो नै पहिलो पटक हो । यो ऐतिहासिक शृंखलालाई टोलीले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रुपमा लिएको छ ।

वेस्ट इन्डिज शृंखलापछि नेपाली टोली विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले अक्टोबर ८ मा कुवेत र १० मा जापानसँग खेल्ने तालिका छ । समूहको शीर्ष दुई टोली ‘सुपर सिक्स’मा छनोट हुनेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । जसबाट शीर्ष तीनमा अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछन् । ओमानमा नेपालका लागि लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक ट्वान्टी-२० विश्वकपमा छनोट हुने अवसर छ ।

विश्वकप छनोटको तयारी स्वरूप नेपालले अस्ट्रेलियामा टप एण्ड ट्वान्टी-२० शृंखला खेलको थियो । अस्ट्रेलियामा भ्रमणअघि नेपाली टोलीले भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीको प्रशिक्षण शिविरमा १२ दिन बिताएको थियो । उक्त शिविरमा बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडीले सहभागिता जनाएका थिए । बाँकी खेलाडीले भने नेपालमै नियमित प्रशिक्षण जारी राखेका थिए ।

‘हामी विश्वकप छनोट र वेस्ट इन्डिज शृंखलाका लागि तयार छौं । अस्ट्रेलिया र भारतको एक्सपोजरले हामीलाई धेरै सहयोग पुर्याएको छ,’ बिहीबार बिदाई कार्यक्रममा कप्तान रोहित पौडेलले भने, ‘ऐतिहासिक शृंखलाका लागि उत्साहित छौं ।’

ओमानमा विश्वकप छनोट खेलेपछि टोली पुनः युएई फर्किनेछ । युएईमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागिता जनाउनेछ । घरेलु टोलीसँगै नेपालको अर्को प्रतिद्धन्द्धी हो अमेरिका ।

लिग-२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

क्यानका अनुसार मुख्य प्रशिक्षक स्टुवर्ट ल शुक्रबार नै दुबई पुगिसकेका छन् ।


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa