जेष्ठ २३, २०८२ बिहीबार | २२:००:३८
सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे

लुम्बिनीको सानदार जित,रौनक श्रीवास्तवको दोहोरो शतक

काठमाडौं । रौनक श्रीवास्तवको दोहोरो शतकप्रेरित लुम्बिनी प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी प्रदेशविरुद्ध ३३२ रनको सानदार जित दर्ता गरेको छ ।

विरेन्द्रनगर क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको ४०४ रनको लक्ष्य पछ्याएको गण्डकी २८.२ ओभरमा ७१ रनमै समेटियो ।

गण्डकीका लागि आनिश राउले अविजित २२ र प्रतिश रावतले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका शुभम खनालले आठ ओभरमा चार मेडनसहित ९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी रौनक श्रीवास्तवले दुई तथा लक्ष्मण कुमाल र सोएब हुसेन मुलसमानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि रौनकले ११७ बलमा समान १६ चौका र छक्काको मद्दतले सर्वाधिक २१७ रनको योगदान गरे । यसैगरी लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६०, आरिफ खानले २५,समीर अली मुसलमान र शुभम खनालले समान १७ तथा चन्द्र थापाले अविजित १० रन बनाए ।

गण्डकीका लागि करण गैरेले तीन, राज परियारले दुई तथा अनिश राउत, सैलेश काफ्ले, रिदम पाण्डे, सुजन अर्याल र कप्तान सुप्रिम सुनारले समान एक विकेट लिए । 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II