भाद्र ५, २०८२ शुक्रबार | २२:५५:०९
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

हङकङ र नेपालले खेले बराबरी

काठमाडौं । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा सम्पन्न खेलमा गोलकिपर तथा कप्तान किरण चेम्जोङले हङकङका तीन प्रहारलाई जाली चुम्न दिएनन् । उता पोजिसन कायम राखे पनि नेपालले कुनै पनि अवसर सिर्जना गर्न सकेन ।

खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार किरणले सहजै नियन्त्रणमा लिएका थिए । दोस्रो हाफमा किरणले हङकङका थप दुई प्रहारलाई विफल पारिदिए ।

खेलको ६९औं मिनेटमा बक्स नजिकैबाट यु जे नामले गरेको प्रहार किरणले बचाए । पाँच मिनेटपछि हङकङको गोलमा किरण पुनः बाधक बने । बक्स नजिकैबाट फर्नान्डो अगस्टोले पहिलो बारमा गरेको फ्रिकिक प्रहारलाई किरणले बचाए । यसअघि रक्षक अनन्त तामाङले जुनियरलाई फउल गर्दा हङकङले सेटपीस प्राप्त गरेको थियो ।

निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा फरवार्ड सृजनराज गौतमले अञ्जन विष्टलाई प्रतिस्थापन गर्दै पहिलो अन्तर्राष्ट्रिय क्याप जिते । इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मणि लामा दोहोरो पहेँलो कार्ड खाँदै मेदानबाट बाहिरिए । इन्जुरी समयको अन्तिम तीन मिनेट १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बनाए  पनि हङकङले गोल भने गर्न सकेन ।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas