काठमाडौं । कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित कर्णाली प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सुदुरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित दर्ता गरेको छ ।
कालिञ्चोक क्रिकेट मैदानमा सुदूपश्चिमले प्रस्तुत गरेको ५६ रनको लक्ष्य कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि नेत्रविक्रम खत्रीले सर्वाधिक १५ रन बनाए ।
सुदूरका सचिन भट्टले तीन तथा सुवोध तिवारी र रवि दमाइले समान विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १६ ओभरमा ५५ रामै समेटिएको थियो । सुदूपरश्चिमका लागि विक्रम बोहराले २१ रन बनाउनुबोहक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीका लागि विपिनले चार ओरभमा दुई मेडनसहित दुई रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी विजय बोहराले तीन तथा नवीन न्यौपानले दुई विकेट लिए ।
भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II