श्रावण १५, २०८२ बिहीबार | ०८:२६:०४
इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक

आधुनिक बन्दै कभर्डहल

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मातहतमा रहेको बहुउद्धेश्यीय कभर्डहलको स्तरोन्नती हुँदै, तस्वीरः सरोज सापकोटाखेलाडी

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) परिसर वरपर अचेल खेलाडीको चहलपहल खासै देखिँदैन । दुई महिना हुन लाग्यो, रोखपको मातहतमा रहेको बहुउद्धेश्यीय कभर्डहलले कुनै पनि खेलका लागि खेलाडीको आतिथ्य नगरेको ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न कभर्डहलमा सुविधा अपुग भएको आलोचना वर्षौदेखि सुन्नुपरेपछि राखेपले अचेल त्यसको स्तरोन्नती गर्दैछ । वर्ष २०८२ को सुरुआतसँगै राखेप कभर्डहलको मुहार फेर्ने अभियान सुरु भएको छ । जसले गर्दा अचेल त्यहाँ कुनै पनि खेलकुद गतिविधिहरु भइरहेका छैनन् । बरु कभर्डहल अझै आधुनिक र सुविधासम्पन्न भएर ठूला खेल आयोजनाका लागि तयार हुँदैछ ।

राखेपले कभर्डल स्तरोन्नतीका लागि टेन्डर आह्वान गरेको थियो । जसमध्ये प्राविधिक मूल्याङ्कनका हिसाबमा चार कम्पनी पास भएका थिए । तीमध्ये कम बोली लगाएको सुनकोशी कन्स्ट्रक्सन प्रालीले चार करोड २८ लाख रुपैयाँमा कभर्डहल पुननिर्माणको जिम्मेवारी पाएको छ । कभर्डहलका सबै भित्ता, दर्शक बस्ने स्ट्यान्ड देखि भुईसम्मका सबै काम एकैपटक युद्धस्तरमा चलिरहेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मातहतमा रहेको बहुउद्धेश्यीय कभर्डहलको स्तरोन्नती हुँदै, तस्वीरः सरोज सापकोटा/खेलाडी

पुननिर्माण सम्पन्न भइसकेपछि कभर्डहलको भुई स्तरीय हुनेछ । साथमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम देखि रेस्ट रुमसम्मका सुविधा कबर्डहलमा हुने निर्माण कार्यको नेतृत्व गरिरहेका सुनकोशी कन्स्ट्रक्सनका प्रकाश गिरी बताउँछन् ।

‘फ्लोरिङ र अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम, रेस्ट रुमलगायतका कामहरु तीव्र गतिमा भइरहेका छन्,’ गिरी सुनाउँछन्, ‘पूराना ढोकाहरु सबै निकालेर अहिले टफनको ढोकाहरु लाग्दैछ । रेलिङहरु निकालेर स्टिलहरु जडान गरिरहेका छौं ।’

निर्माण व्यावसायीले राखेपलाई असार महिनाको २० गतेभित्र कभर्डहल हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । २०७२ सालको विनाशकारी भूकम्पले कभर्डहलमा ठूलो क्षति पुगेको थियो । राखेपले त्यतिबेला दशरथ रंगशालासँगै कभर्डहलको पुनः निर्माण गरेको थियो । ६ वर्ष अगाडि राजधानीमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग)मा यही रंगशाला र कभर्डहलले राष्ट्रको प्रतिष्ठा थेगेको थियो । त्यसयता यस कभर्डहलमा धेरै थोरै अन्तर्राष्ट्रिय प्रतियोगिता भएका छन् । जुनियर कराते च्याम्पियनसिप, काभा महिला भलिबल च्याम्पियनसिप, काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताले कभर्डहलमा स्थान पाए ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग २०२४ मा  चिर प्रतिद्धन्द्धी भारतमाथि ऐतिहासिक जित हासिल गरेपछि खुसियाली मनाउँदै नेपाली टोली, तस्वीरः केशव थापा/खेलाडी

यी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा राखेपले विदेशी खेलाडी, प्रशिक्षक र पदाधिकारीबाट खेप्दै आएको आलोचना भनेकै कभर्डहल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भएन भन्ने थियो । देशभित्र आयोजना भएका विभिन्न खेलका प्रतियोगितामा घरेलु समर्थकबाट आउने गाली छुट्टै छ । तर अब राखेप र नेपाली खेल प्रशासन त्यस्ता आलोचनाबाट मुक्त हुने भएका छन् ।

पछिल्लो समय देशभित्र राष्ट्रिय खेल भलिबलको क्रेज बढ्दो छ । जति जतिबेला भलिबलका प्रतियोगिताहरु हुन्छन् । दर्शकको चाप थेगिनसक्नु हुन्छ । कभर्डहलले स्तरोन्नतीको बाटो लिइरहँदा यी दर्शकको अपेक्षा कभर्डहलको सिट संख्यालाई लिएर हुनसक्छ । तर, ठूलो बजेट लाग्ने भएकाले राखेपले तत्कालका लागि केही पक्षमा मात्र सुधार गरेर, कम्तिमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिनेगरि मात्र कभर्डहल बनाउँदैछ । कभर्डहलमा खेलाडी र खेलकर्मीको सुविधालाई पुननिर्माणले सम्बोधन गरे पनि दर्शक क्षमता बढाउनेतिर भने राखेप मौन छ । यद्यपि सिट संख्यामा केही फरक भने अवश्य आउनेछ ।

कभर्ड हलको स्तरोन्नती भइरहँदा साउन्ड प्रुफिङ, ऐयर कन्डिसन, भिआइपी कक्ष र विजुलीलाई प्राथमिकतामा राखिएको छ । यसबाहेक दर्शकहरुले कभर्डहलमा फर्किएपछि महसुस गर्ने फरक चाहिँ के हो त ?

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मातहतमा रहेको बहुउद्धेश्यीय कभर्डहलको स्तरोन्नती हुँदै, तस्वीरः सरोज सापकोटा/खेलाडी

‘कभर्डहलमा पहिलो पटक एसी लागिनेछ । साउन्ड प्रुफिङलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं । पहिले साउन्डको इको आउने गथ्र्यो, अबका दिनमा त्यस्तो हुनेछैन,’ सुनकोशी कन्स्ट्रक्सनका गिरी बताउँछन् ।

राष्ट्रिय गौरवका कथा लेखिने ठाउँको निर्माण कार्यमा संलग्न हुन पाउँदा कन्स्ट्रक्सन कम्पनीमात्र नभई कामदारहरु पनि उत्साहित छन् । भावी दिनमा नेपाली खेलाडीले कभर्डहलमा गौरव गाथा रचेको हेर्न र त्यतिबेला ‘यो कभर्डहल बनाउने काम मैले गरेको हुँ’ भनेर आत्मगौरवको अनुभूति गर्न उनीहरु आतुर छन् ।

‘राष्ट्रिय गौरवका परियोजनामा यसरी काम गर्न पाउँदा एकदमै खुसी छु । आउने दिनमा खेलाडीले देशका लागि उपाधि जित्दा मन आनन्द हुने वाला छ,’ फ्लोरिङमा काम गरिरहेका एक कामदार सुनाउँछन् ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081