काठमाडौं । अमेरिकाको इन्टर मियामीले लिग्स कपमा आफ्नो पहिलो खेलमा बिहीबार मेक्सिकन क्लब एटलस एफसीविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र मार्सेलो विगान्ड्टले गोल गरे । एटलसका लागि रिभाल्डो लोजानोले गोल फर्काए ।
खेलको ५७औं मिनेटमा सेगोभियाको गोमलार्फत मियामीले अग्रता लिएको थियो । उनले कप्तान लियोनल मेसीको पासलाई पोस्टको दिशा दिए ।
लोजानोले ८०औं मिनेटमा एटलसलाई बराबरीमा ल्याए । इन्जुरी समयमा विगान्ड्टले गोल गर्दै मियामीलाई २-१ को रोमाञ्चक जित दिलाए । यस पटक पनि मेसीले गोलको अवसर सिर्जना गरेका थिए ।
अब आइतबार मियामीले क्लब नेकाक्सा तथा एटलसले ओर्लान्डो सिटीको सामना गनेछन् ।
भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video