माघ ८, २०८२ बिहीबार | १३:३६:१२
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन

कौस्तुभ एकेडेमीका विद्यार्थीलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमााडौं । देशभरका माध्यमिक तहसम्मका विद्यार्थी लक्षित ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वाससहित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको शुभारम्भ भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरेको हो ।

सहभागी विद्यालयमध्ये एक पेप्सीकोलाको कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई प्रधानमन्त्री ओलीले फुटबल हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका थिए । राजधानी काठमाडौंबाट सुरु भएको अभियान ७७ वटै जिल्लामा पुर्याउने एन्फाको लक्ष्य छ ।

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गरिने एन्फाले जनाएको छ ।

‘फुटबल फर स्कुल्स’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा विगत ६ वर्षयता संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)सँगको सहकार्यमा संचालन हुँदै आएको कार्यक्रम हो । सन् २०१९ मा लेबननबाट सुरु भएको यो कार्यक्रमले विश्वभर लगभग ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने उद्धेश्य बोकेको छ ।

‘फिफा फुटबल फर स्कुल्स’मा सहभागी बालबालिका तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

हालसम्म १३९ राष्ट्रमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । दक्षिण एसियामा भुटान यो कार्यक्रमको लाभ उठाउने पहिलो राष्ट्र हो ।

एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ ।

औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायतका पदाधिकारीको उपस्थिति थियो ।

औपचारिक कार्यक्रममा ओलीले खेल क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माणको घोषणा गरे ।

‘यो कार्यक्रमले नेपाली फुटबललाई उकास्न मद्धत गर्नेछ । अब हामीसँग फुटबलको अभाव हुनेछैन । फुटबलको विकासलाई मध्यनजर गर्दै हामीले सूर्यविनायकमा नयाँ रंगशाला निर्माण गर्ने योजना बनाएका छौं,’ ओलीले भने, ‘यहाँ उपस्थित कलिला नानीहरुले आउने दिनमा त्यो रंगशालामा खेलिरहेको हुनेछन् ।’

‘फिफा फुटबल फर स्कुल्स’ को ब्यानर तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

बिहीबारको कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको हो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate