चैत्र ६, २०८२ शुक्रबार | ०४:५४:४०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन

कौस्तुभ एकेडेमीका विद्यार्थीलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमााडौं । देशभरका माध्यमिक तहसम्मका विद्यार्थी लक्षित ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वाससहित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको शुभारम्भ भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरेको हो ।

सहभागी विद्यालयमध्ये एक पेप्सीकोलाको कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई प्रधानमन्त्री ओलीले फुटबल हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका थिए । राजधानी काठमाडौंबाट सुरु भएको अभियान ७७ वटै जिल्लामा पुर्याउने एन्फाको लक्ष्य छ ।

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गरिने एन्फाले जनाएको छ ।

‘फुटबल फर स्कुल्स’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा विगत ६ वर्षयता संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)सँगको सहकार्यमा संचालन हुँदै आएको कार्यक्रम हो । सन् २०१९ मा लेबननबाट सुरु भएको यो कार्यक्रमले विश्वभर लगभग ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने उद्धेश्य बोकेको छ ।

‘फिफा फुटबल फर स्कुल्स’मा सहभागी बालबालिका तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

हालसम्म १३९ राष्ट्रमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । दक्षिण एसियामा भुटान यो कार्यक्रमको लाभ उठाउने पहिलो राष्ट्र हो ।

एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ ।

औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायतका पदाधिकारीको उपस्थिति थियो ।

औपचारिक कार्यक्रममा ओलीले खेल क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माणको घोषणा गरे ।

‘यो कार्यक्रमले नेपाली फुटबललाई उकास्न मद्धत गर्नेछ । अब हामीसँग फुटबलको अभाव हुनेछैन । फुटबलको विकासलाई मध्यनजर गर्दै हामीले सूर्यविनायकमा नयाँ रंगशाला निर्माण गर्ने योजना बनाएका छौं,’ ओलीले भने, ‘यहाँ उपस्थित कलिला नानीहरुले आउने दिनमा त्यो रंगशालामा खेलिरहेको हुनेछन् ।’

‘फिफा फुटबल फर स्कुल्स’ को ब्यानर तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

बिहीबारको कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो