काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागिता जनाउने नेपाली टोली भुटान पुगेको छ ।
टोली बिहीबार बिहान रोयल भुटान एयरलाइन्सको फ्लाइटमार्फत भुटान पुगेको हो ।
टोलीको कप्तानी जिम्मेवारीमा विर्सना चौधरी छन् । यसैगरी मुख्य प्रशिक्षक गुरुङले साफ च्याम्पियनसिप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन् । लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै गुरुङले सजिना स्याङताङलाई रक्षापङ्क्तिमा मौका दिएका छन् ।
छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले घरेलु टोली भुटान, उत्तर कोरिया र साउदी अरबियासँग खेल्ने तालिका छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुनेछ ।
त्यस्तै समूहका तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् ।
नेपालले अगस्ट ६ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले अगस्ट ८ मा साउदी अरेविया र १० मा उत्तर कोरियाको सामना गर्नेछ ।
नेपाल टाेली