श्रावण १८, २०८२ आइतबार | ०१:२९:४२
युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’ युथ एसियाली बक्सिङ: अप्रिल राना क्वार्टरफाइनलमा कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षक जेम्स च्याम्पियन आर्मी र लद्दाखले अंक बाँडे खेलकुदको राजधानी बन्न तयार पोखरा पल्सर स्पोर्टस अवार्ड पोखरामा गर्नुको अन्तर्य विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने ‘१२-१३ पटक फाइनलमा पराजित भइसक्यौं अब यसलाई ब्रेक गर्छौं’

पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी

काठमाडौं । पाकिस्तानले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजविरुद्ध १४ रनको जित निकालेको छ ।

जितसँगै पाकिस्तानले तीन खेलकोे शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

शुक्रबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाका टर्फ मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १६४ रनमात्रै बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि जेनस चार्ल्स र ज्वेल एन्ड्रयुले समान ३५, जेसन होल्डरले अवजित ३०, शमर जोसेफले अविजित २१, रोमारियो शेफर्डले १२ र शेर्फन रादरफोर्डले ११ रन बनाए ।

पहिलो विकेटका लागि चार्ल्स र एन्ड्रयुले ७२ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई तथा शहिन शाह अफ्रिदी र सुफियान मुकिमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्र्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सइम अयुबले ३८ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी फखर जमानले २८, हसन नवाजले २४, फहिम असरफले १५, शाहिदजादा फरहानले १४ र कप्तान सलमा अघाले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि अयुब र जमानबीत ८१ रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि शमर जोसेफले तीन तथा जेसन होल्डर अकिल हुसेन र रोमारियो शेफर्डले समान एक विकेट लिए ।


भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team