श्रावण १९, २०८२ सोमबार | १९:३९:०३
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा
शनिबारको दिन शनिबारको दिन

विश्वकप र युरो सफलताले इङ्लिस महिला फुटबलमा ल्याएको परिवर्तन

काठमाडौं । ‘इङ्लिस महिला फुटबल टिमलाई देख्दा लाग्छ, हरेक कुरा सम्भव छ,’ हालै फुटबल खेल्न थालेकी २५ वर्षीया नर्स हाफ्सा अली भन्छिन्, ‘यो टिमले हासिल गरेको सफलताले देखाउँछ, इङ्ल्यान्डमा महिला फुटबलले कति फड्को मारिसकेको छ भनेर । अझ धेरै सफलता हासिल गर्न सकिन्छ ।’

इङ्ल्यान्डले विश्व महिला फुटबलमा पछिल्लो समय असाधारण सफलता हासिल गरिरहेको छ । पछिल्ला तीन ठूला प्रतियोगिता (२०२२ युरो, २०२३ विश्वकप र २०२४ युरो) हरूको फाइनल खेलेको छ ।  तीमध्ये दुई जितेको छ ।

सन् १९८४ यता इङ्ल्यान्डले कुल पाँच फाइनल खेलेको छ । सन् १९८४ को युरोमा इङ्ल्यान्ड स्विडेनसँग पेनाल्टीमा चुकेको थियो । त्यसपछि इङ्ल्यान्डले मुख्य प्रतियोगिताको उपाधि भिडन्तमा पुग्न सन् २००९ सम्म पर्खनुपर्यो। यद्यपि उपाधि जित्ने इङ्लिस चाहना त्यतिबेला पनि पूरा भएको होइन ।

इङ्ल्यान्डमा फुटबलप्रतिको बढ्दो महिला आकर्षणको एक उदाहरण सिस्टर्स क्लब पनि हो । सिस्टर्स क्लब महिला बक्सरलाई अभ्यास गराउन बक्सर रम्ला अलीले सुरु गरेको अभियान हो ।

सन् २००९ को त्यो युरो फाइनलमा जर्मनीसँग हारेको बदला इङ्ल्यान्डले सन् २०२२ मा लिएको थियो । त्यसको एक वर्ष लगत्तै स्पेनसँग विश्वकप फाइनलमा हारेको इङ्ल्यान्ड उही टिमलाई पन्छाउँदै यसपालि युरोपेली च्याम्पियन बनेको हो ।

युरो फाइनलमा स्पेनविरुद्ध बराबरी गोल गरेपछि सहकर्मीसँग खुसीयाली मनाउँदै एलेसिया रुसो (२३ नम्बर जर्सी)

पछिल्लो तीन वर्षमा राष्ट्रिय टिमले विश्व फुटबलमा हासिल गरेको सफलताले इङ्ल्यान्डमा एकखाले क्रान्ति नै ल्याइदिएको छ । यसको उदाहरण हो, हाफ्सा जस्ता धेरै महिलाहरू फुटबल मैदानमा उत्रनु । तथ्यांकले पनि यही क्रान्ति भइरहेको देखाउँछ । स्पोर्ट इङ्ल्यान्डको तथ्यांक अनुसार एक दशकअघि इङ्ल्यान्डमा २ लाख १५ हजार १ सय महिलाले नियमित फुटबल खेल्ने गर्थे । अहिले आएर यो संख्या ३ लाख ४ हजार ५ सय पुगेको छ ।

यसको मतलब १० वर्षमा लगभग १ लाख महिला फुटबल मैदानमा थपिएका छन् । पछिल्लो चार वर्षमा फुटबल खेल्ने किशोरीको संख्यामा पनि बढोत्तरी भएको छ । सन् २०२०-२१ मा १२ लाख किशोरीले नियमित रूपमा फुटबल खेल्थे । इङ्ल्यान्ड फुटबल संघ (एफए)का अनुसार सन् २०२४-२५ मा यो संख्या २७ लाख पुगेको छ ।

सन् २०२३ विश्वकपको सेमिफाइनलपछि गरेपछि हुँदै आएको बिक्रीमा यसपालि युरो सेमिफाइनल जितपछि ७५० प्रतिशतले वृद्धि भएको छ ।

इङ्ल्यान्डमा फुटबलप्रतिको बढ्दो महिला आकर्षणको एक उदाहरण सिस्टर्स क्लब पनि हो । सिस्टर्स क्लब महिला बक्सरलाई अभ्यास गराउन बक्सर रम्ला अलीले सुरु गरेको अभियान हो । अचेल यहाँ फुटबलको अभ्यास पनि थपिएको छ । साप्ताहिक रूपमा हुने अभ्यासमा आउने महिलाको भीड थामिनसक्नु रहेको अली बताउँछिन् ।

‘इङ्ल्यान्डमा फुटबलले विभिन्न समुदायलाई एक आपसमा जोड्ने काम गरेको छ । हामीकहाँ सोमाली, नाइजेरियन र पाकिस्तानी महिलाहरू फुटबल सिक्न आउँछन् । हाम्रा महिला खेलाडीले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेसँगै स्थानीयस्तरमा फुटबलप्रतिको महिला आकर्षण बढेको हो,’ अली भन्छिन् ।

युरो सेमिफाइनलमा इटालीविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इङ्लिस खेलाडी ।

गत वर्षदेखि फुटबल तालिम दिन थालेको सिस्टर्स क्लबले सुरुमा एक खेपमा १५ खेलाडीलाई अभ्यास गराउँथ्यो । अहिले एक सेसनमा ५० खेलाडी हुन्छन् । यहाँ आउने महिलाको चापमा वृद्धि भएसँगै अभ्यासमा भाग लिन पर्खनेको ‘वेटिङ लिस्ट’ पनि लामो हुँदै गएको छ ।

महिला टिमको सफलताको प्रभाव यतिमा सीमित छैन । एडब एनलिटिक्सका अनुसार महिला टिमको जर्सीको बिक्री पनि ह्वात्तै बढेको छ । सन् २०२३ विश्वकपको सेमिफाइनलपछि गरेपछि हुँदै आएको बिक्रीमा यसपालि युरो सेमिफाइनल जितपछि ७५० प्रतिशतले वृद्धि भएको छ ।

‘जर्सी बिक्रीमा आएको यो बढोत्तरीको अर्थ हो, इङ्ल्यान्डमा सांस्कृतिक परिवर्तन नै आएको छ । जर्सी बिक्रेतालाई म अहिल्यै चेतावनी दिन चाहन्छु, बिक्री वृद्धि यतिमा रोकिनेवाला छैन । किनभने हाम्रा महिला खेलाडीेले केवल खेलमात्र जितिरहेका छैनन्, उनीहरूले बजार पनि बढाइरहेका छन्,’ एडबका विश्लेषक विवेक पान्ड्या भन्छन् ।

 इङ्ल्यान्डको महिला फुटबलको सबैभन्दा माथिको लिग वुमेन्स सुपर लिगका क्लबहरूको कमाइ सन् २०२३-२४ मा अघिल्लो सिजनभन्दा ३४ प्रतिशतले बढेको छ ।

केही वर्षयता इङ्ल्यान्डमा जर्सी उपलब्धतालाई लिएर असन्तुष्टि सुनिँदै आएको छ । जर्सी उत्पादक नाइकीले सन् २०२३ महिला विश्वकपको पूर्वसन्ध्यामा ‘रेप्लिका’ गोलकिपर जर्सी समयमै बजारमा ल्याउन नसकेको भन्दै आलोचना भएको थियो । विश्वकपमा उत्कृष्ट गोलकिपर चुनिएकी म्यारी इर्प्रसले सार्वजनिक रूपमै नाइकीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।  जब नाइकीले जर्सी बजारमा ल्यायो, तब केही घण्टाभित्रै सबै बिक्री भए ।

फिफा महिला विश्वकपको फाइनलमा स्पेनविरुद्ध प्रतिस्पर्धा गर्दै इङ्ल्यान्डी लोरेन जेम्स (नीलो जर्सी) ।

यतिबेला राष्ट्रिय टिमको प्रदर्शनको फाइदा घरेलु लिगलाई पनि पुगिरहेको छ । इङ्ल्यान्डको महिला फुटबलको सबैभन्दा माथिको लिग वुमेन्स सुपर लिगका क्लबहरूको कमाइ सन् २०२३-२४ मा अघिल्लो सिजनभन्दा ३४ प्रतिशतले बढेको छ । यही रफ्तार कायम रहने हो भने, उनीहरूको कमाइ आउँदो सिजनको अन्त्यसम्म एक सय करोड पाउन्ड पुग्ने अनुमान छ ।

यद्यपि गत सिजन महिला लिगमा दर्शकको उपस्थिति भने घटेको थियो । लिग सुरु हुनुअघि इङ्ल्यान्डको राष्ट्रिय टिमले ‘हाइप्रोफाइल’ अन्तर्राष्ट्रिय खेल नखेल्नु र त्यसरी नखेल्दा लिगका लागि माहोल सिर्जना नभएको दाबी कतिपयको छ ।

लिगमा दर्शकको संख्या घटे पनि महिला फुटबलप्रतिको आम चासो भने बढेको विश्लेषण छ, नियल्सनको । फुटबलमा दर्शक उपस्थितिबारे अध्ययन गर्ने संस्था नियल्सनका अनुसार सन् २०२२ को युरोअघि बेलायतको २२ प्रतिशत जनसंख्यालाई मात्र महिला फुटबलप्रति चासो थियो । यसपालि युरो सुरु हुनु चार महिना बाँकी छँदा गरिएको सर्वेक्षणले भने ३० प्रतिशत जनसंख्यामा आकर्षण रहेको देखाएको थियो । नियल्सनका अनुसार युरो २०२२ पछि बेलायत महिला फुटबलप्रति सर्वाधिक आकर्षण भएको देशको सूचीमा तेस्रो स्थान ओगटेको छ । सूचीको पहिलो स्थानमा ब्राजिल र स्पेन छन् ।

एफएले प्रतिभा पहिचान र उनीहरूको वृत्ति विकासका लागि ७० वटा केन्द्र पनि स्थापना गरेको छ । 

उसो त विज्ञहरू अहिलेको यो आकर्षणलाई दिगो बनाउन इङ्ल्यान्डले ग्रासरुटमा अझैँ मिहिनेत गर्न आवश्यक रहेको औंल्याउछन् । पूर्वाधार, लगानी र हरेक समुदायको सहभागिता, इङ्ल्यान्डले ध्यान पुर्याउनुपर्ने पक्षहरू रहेको उनीहरूको भनाइ छ ।

इङ्ल्यान्ड फुटबल संघ (एफए) आफू गम्भीर भएर उल्लेखित पक्षमा लागिपरेको बताउँछ । सन् २०२२ को युरो सफलतापछि एफएले। आफ्नो अभियान विद्यालय फुटबलमार्फत करिब २५ लाख किशोरीसमक्ष पुर्याएको दाबी गर्छ ।

सन् २०२२ को युरो च्याम्पियन इङ्ल्यान्ड ।

यसबीच एफएले प्रतिभा पहिचान र उनीहरूको वृत्ति विकासका लागि ७० वटा केन्द्र पनि स्थापना गरेको छ । नियमित फुटबल खेल्ने किशोरीमध्ये ९५ प्रतिशत यी केन्द्रहरूबाट बढीमा एक घण्टाको दूरीमा बस्ने गरेको एफएको भनाइ छ । अर्को सिजनको अन्त्यसम्म शतप्रतिशत किशोरी खेलाडीलाई केन्द्रहरूको पहुँचमा ल्याउने योजना एफएको छ ।

एफको तमाम प्रयासका बाबजुद पनि सबै कठिनाइको अन्त्य भएको छैन । 

एफएले चलाएको प्रतिभा पहिचान अभियान अन्तर्गत स्काउटहरू विभिन्न समुदायमा पुग्ने गरेका छन्, जहाँ उनीहरूले किशोरी खेलाडीको पहिचान गर्ने गरेका छन् । यसकै नतिजा हो, एफएले पहिचान गरेको प्रतिभावान किशोरी खेलाडीमध्ये २८ प्रतिशतले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छन् । खेलाडी पहिचानमा मात्र होइन, एफएले महिला प्रशिक्षक उत्पादनमा पनि लगानी गरिरहेको छ ।

एफको तमाम प्रयासका बाबजुद पनि सबै कठिनाइको अन्त्य भएको छैन । ‘किशोरी खेलाडीका लागि पर्याप्त खेल्ने ठाउँ छैन,’ अर्धव्यावसायिक खेलाडी तथा प्रशिक्षक इमाम कासिम भन्छन्, ‘अभ्यास स्थल महँगा छन् । धेरैजसो प्रतियोगिता किशोर खेलाडीका लागि आयोजना हुने गरेका छन् । यस्तोमा हामीलाई किशोरी खेलाडी केन्द्रित लिग, निःशुल्क तालिम, अभ्यास आवश्यक छ । बढीभन्दा बढी सिस्टर्स क्लब खुल्नु आवश्यक छ ।’

 (बेलायती अखबार द टाइम्समा प्रकासित रिपोर्ट)