श्रावण १९, २०८२ सोमबार | १९:३९:०४
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा

आर्मी र लद्दाखले अंक बाँडे

१३४औं डुरान्ड कपमा भारतको लद्दाख फुटबल क्लबविरुद्ध बल अगाडि बढाउने प्रयासमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेश्पीजंग कार्की, तस्वीर सौजन्यः डुरान्ड कप ।

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले १३४औं डुरान्ड कपमा भारतको लद्दाख फुटबल क्लबविरुद्ध १–१ को बराबरी खेलेको छ ।

शनिबार जमसेदपुरको ताता स्पोर्टस कम्पलेक्समा सम्पन्न समूह ‘सी’को खेलमा आर्मीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझायो ।

एक गोलले पछाडि परेको अवस्थामा आर्मीका लागि युवा स्ट्राइकर निराजन धामीले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा बराबरी गरेका थिए । यसअघि खेलको २३औं मिनेटमा कर्नर क्रस सदुपयोग गर्दै सेन्टर ब्याक सिजु एसले हेडरमार्फत लद्दाखलाई अग्रता दिलाएका थिए ।

यो नतिजासँगै दुबै टोलीले प्रतियोगितामा पहिलो अंक बटुलेका छन् । आर्मी पहिलो खेलमा जमसेदपुर फुटबल क्लबसँग ३–२ ले निराश बनेको थियो । लद्दाखको यो पहिलो खेल थियो । जमसेदपुर दुई खेलमा स्पष्ट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । भारतको इन्डियन आर्मी फुटबल क्लब पुछारमा छ ।

प्रतियोगितामा कूल २४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले सोझै क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै दुई उत्कृष्ट उपविजेता टोलीले पनि अन्तिम आठमा स्थान बनाउने छ ।

आर्मीले आफ्नो तेस्रो खेलमा मंगलबार इन्डियन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team