माघ १९, २०८२ सोमबार | ०५:३७:५२
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

एनपिएलको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुन्छ: मन्त्री चौधरी

फाइल तस्विर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमा आर्थिक अनियमितता भएको विषयमा छानबिनका लागि ‘उच्चस्तरीय’ समिति गठनको तयारी गरेको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको विषयमा छानबिन गर्न गठन गरेको कार्यदललाई नेपाल क्रिकेट संघ (क्यान) ले असहयोग गरेकाले नयाँ समिति गठन गर्ने तयारी भइरहेको बताए ।

‘एनपिएल कानुन अनुसार सञ्चालन गर्नुपर्छ । एनपिएलको दोस्रो संस्करण कुनै पनि हालमा हुन्छ । तर अर्कोतर्फ पहिलो संस्करणको छानविन पनि सँगसँगै अगाडि बढ्छ,’ शुक्रबार मन्त्री चौधरीले भने, ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि हामीले छानबिन कार्यदल गठन गरेका थियौं । तर क्यानले छानविनका लागि आवश्यक कागजपत्र उपलब्ध गराएन । त्यसैले पहिलो संस्करणको विषयमा विस्तृत छानबिन आवश्यक छ । हामी अख्तियारलाई जिम्मा दिने की आफै छानविन गर्ने विषयमा छलफलमा छौं । यसको बारेमा केही दिनमा जानकारी गराउँछौं ।’

उनले आफूले कहिल्यै एनपिएल रोक्न नखोजेको बताउँदै छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी भएको आरोप उनले लगाए ।

मुलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ तथा खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको थियो ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत (४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ फ्रेञ्चाइज टोलीलाई बाँडफाँड गरिएको छ ।

त्यसपछि बाँकी रहेको बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि कूल नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जानकारी दिएको छ ।

एनपिएलको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ ।

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको एनपिएलमा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरी परेको छ ।

अख्तियारले गत फागुन १२ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि सुरूमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाको संयोजत्वमा छानविन समिति गठन भएको थियो ।

तर मन्त्रीले चौधरीले गत जेठ ११ गते राखेप बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानविन कार्यदल गठन गरेको थिए ।

पछिल्लो कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिगको विषयमा विवरण उपलब्ध गराउन पत्राचर गरेको थियो । क्यानले गत असार २ गते कार्यदलको प्रश्नको उत्तर समेत पठाएको थियो । तर क्यानले माग गरिएका आवश्यक कागजात, सूचना र तथ्य प्रदान गर्न नसकेको भन्दै कार्यदलले असन्तुष्टि प्रकट गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।