काठमाडौं । इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले भारत विरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।
इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले काँधमा चोट लागेका करण स्टोक्स टोलबाट बाहिरिएको जानकारी दियो ।
स्टोक्सको अनुपस्थितिमा ओली पोपले टोलीको नेतृत्व गर्नेछन् । स्टोको स्थानमा ज्याकोब बेथेललाई टोलीमा बोलाइएको छ ।
यस्तै इङ्ल्यान्डले पाँचौं टेस्टमा जोफ्रा आर्चर, ब्राइडन कार्से र लियम डसनलाई पनि आराम दिइको छ । उनीहरूको स्थानमा गस एटकिन्सन, जेमी ओभरटन र जोश टङ्गले मौका पाएका छन् ।
इङ्ल्यान्ड शृंखलामा २-१ ले अगाडि छ । पाँचौं तथा अन्तिम टेस्ट बिहीबारबाट द ओभलमा सुरु हुँदैछ ।
पाँचौं तथा अन्ति टेस्टका लागि इङ्लिस टोली
ज्याक क्राउली, बेन डकेट, ओली पोप(कप्तान), जो रुट, ह्यारी ब्रुक, ज्याकब बेथेल, जेमी स्मिथ (विकेटकिपर), क्रिस वोक्स, गस एटकिन्सन, जेमी ओभरटन, जोश टङ्ग