वैशाख १२, २०८२ शुक्रबार | २२:३६:५५
नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन रोबर्ट लेवान्डोवस्कीले कोपा डेल रेको फाइनल गुमाउने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती स्टुवार्ट ल आज नेपाल आइपुग्ने पहिलो लेगमा इन्टर मियामी पराजित एडुआर्डो कामाभिङ्गाले सिजनका बाँकी खेल गुमाउने नेपाललाई स्वर्ण एपिएफ र पुलिस उपाधिका लागि भिड्ने ब्वाइज युनियनको कठिन जित विश्वकप छनोटका लागि नेपाली टोली घोषणा एपिएफ च्याम्पियन रोबर्ट लेवान्डोवस्कीले कोपा डेल रेको फाइनल गुमाउने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती स्टुवार्ट ल आज नेपाल आइपुग्ने पहिलो लेगमा इन्टर मियामी पराजित एडुआर्डो कामाभिङ्गाले सिजनका बाँकी खेल गुमाउने

स्टुवार्ट ल आज नेपाल आइपुग्ने

फाइल तस्विर ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले उनी एयर इन्डियाको फ्लाइटमार्फत राति ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दियो ।

यसैगरी क्यानले शनिबार ललाई औपचारिक रूपमा सार्वजनिक गरिने पनि जानकारी दियो ।

गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी करिब एक महिनापछि नेपाल आउन लागेका हुन् । ल नहुँदा हङकङमा भएको चार देशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षण जिम्मेवारी दिइएको थियो ।

५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।

उनले मोन्टी देसाइको स्थान लिनेछन् । क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो  ।

क्यानले गत फागुन ३ गते मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो ।  क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ललाई नियुक्त गरिएको हो ।

लले यसघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु-१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन् ।

अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए । लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए ।


भिडियो
Private video
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC