चैत्र १६, २०८२ सोमबार | १७:०१:०३
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो मुम्बई

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मुम्बईले ९ खेलमा १० अंक जोडेको छ । पराजित हैदराबाद आठ खेलबाट चार अंकका साथ नवौं स्थानमा छ ।

बुधबार राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १४४ रनकाे लक्ष्य मुम्बईले १४.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईका लागि रोहित शर्माले ४६ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले अविजित ४०, विल ज्याक्सले २२ र रायन रिकेल्टनले ११ रन बनाए ।

रोहितले दोस्रो विकेटका लागि विलसँग ६४ र तेस्रो विकेटका लागि सूर्यसँग ५३ रनको साझेदारी गरेका थिए ।

हैदराबादका लागि जयदेव उन्नदकट, इशान मालिंगा र जिशन अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि हेनरिक क्लासनले ४४ बलमा ९ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी अविनभ मनोहरले ४३ र अनिकेत वर्माले १२ रन बनाए ।

हेनरिक र अविनभले छैटौं विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले चार, दीपक चहरले दुई तथा जसप्रीत बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो