वैशाख २६, २०८२ शुक्रबार | १०:१०:०५
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

पुलिसको लगातार छैटौं जित, दीपेन्द्र र ललितको उत्कृष्ट प्रदर्शन

गण्डकीविरुद्ध बलिङ गर्दै, ललितनारायण राजवंशी, तस्विरः क्यान

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरी र ललितनारण राजवंशीको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार पुलिसले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो । जितसँगै शीर्षस्थानको पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । 

यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे । तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरे । 

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रनमै समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ६३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरे ।

यसैगरी रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले ५.२ ओरभमा दुई मेडनसहित मात्र सात रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी गुल्शनकुमार झाको नाममा चार विकेट रह्यो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP