वैशाख २६, २०८२ शुक्रबार | १०:३८:४२
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

एसिसी यु-१९ एसिया कपः नेपालको लगातार दोस्रो पराजय

काठमाडौं ।  एसिसी यु-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ । आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भएको हो ।

जितसँगै समूह ‘ए’ को अफगानिस्तानले दुई खेलमा दुई अंक जोडेको छ । लगातार दोस्रो पारजय ब्यहोरेको नेपाल अंकविहिन छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो ।

अर्जुन कुमालले १ सय ८ बलमा १३ चौकाको मद्दतले ९१ रनको योगदान गरेपनि नेपाललाई जित दिलाउन भने सकेनन् । यसैगरी कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए ।

अर्जुनले आठौं विकेटका लागि सु्वास भण्डारीसँग ५० रनको साझेदारी गरेका थिए । सुवासले आठ रन जोडे । अफगानिस्तानका लागि फरिदुन दाउदजाई र नासिर खान मारुफखीले समान तीन,मोहम्मद युनिस जाद्रनले दुई तथा खलिल अहमद र वाहिदुल्लाह जाद्रनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार पारेको थियो ।

अगफगानिस्तानका लागि जमशइद जाद्रनले १ सय ५३ बलमा आठ चौकाको मद्दतल सर्वाधिक १ सय ६ रनको योगदान गरे । उनी खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट भएका थिए ।

यसैगरी नुमान शाह आघाले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६०, रहिमउल्लाह जुर्मतीले ३५, वाफिउल्लाह तराखालीले १५, खलिल अहमदले १३ र खालिद तानिवालले १० रन बनाए ।

जाद्रनले पाँचौं विकेटका लागि आघासँग ९७ र चौथो विकेटका लागि जुर्मतीसँग ८१ रनको साझेदारी गरे । नेपालका लागि हेमन्त धामी, गुल्सन झा, सुवास भण्डारीले समान दुई तथा दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए ।

पहिलो खेलमा नेपाल पाकिस्तान तथा अफगानिस्तान भारतसँग समान सात विकेटले पराजित भएका थिए ।

नेपाले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP