चैत्र ७, २०८१ बिहीबार | ०७:०९:०२
सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास

नेपाल सुपर लिगः बराबरीमा रोकिए झापा र वीरगंज

तस्विरः एनएसएल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को संस्करणअन्तर्गत झापा एफसी र वीरगंज युनाइटेडबीचको   खेल गोलरहित बराबरीमा सकिएको छ ।

बराबरीसँगै चार खेलमा तीन अंक जोडेको झापा सातौं स्थानमा उक्लिएको छ । वीरगंज समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

 शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेन ।  १२ औं मिनेटमा समान्दर ओचिलोभको प्रहार पोस्टमा लागेर फर्किदा झापाले अग्रता लिने अवसर गुमायो । उनले सुरज विष्टको पासलाई पेनाल्टी बक्स बाहिरबाट पोस्टको दिशा दिने प्रयास गरेका थिए ।

३२ औं मिनेटमा आवास लामिछानेको क्रसलाई पेनाल्टी बक्स भित्र नियन्त्र लिँदै लक्ष्मण रुचालले गरेको प्रहारलाई गोलकिपर दीप कार्कीले बचाउँदै वीरगंजको संकट टारे ।

३९ औं मिनेटमा सुवास गुरुङको हेडरलाई झापाका गोलकिपर स्टेफन क्युपिकले सहज नियन्त्रणमा लिए ।  ४३ औं मिनेटमा योर्गे सान्चेजको प्रहारमा दीप बाधक बन्दा  झापाले अग्रता लिन सकेन ।

दोस्रो हाफको सुरुआतमै वीरगंज अभागी सावित भयो । कृपाकान्त महतोको प्रहार पोलमा लागेको फर्किएकाे  थियो । रिबाउन्डमा विलियम असेडुको प्रहारलाई क्युपिकले बचाउँदै झापाको संकट टारे ।

५० औं मिनेटमा झापाले अग्रता लिने अवसर गुमायो । छिरिङ गुरुङले लामो दूरीबाट गरेको प्रहारलाई दीपले बचाउने प्रयास गरेका थिए । रिबाउन्डमा आवास लामिछानेको प्रहार बाहिरिँदा वीरगंजको संकट टर्यो । 

एक मिनेटपछि नै वीरगंजले पनि सुनौलो अवसर गुमायो । विलियम असेडुको पासमा ओबेड ओसुवुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकाशिन पुग्यो । 

७३ औं मिनेटमा योगेश गुरुङले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि झापा १० खेलाडीमा समेटियो । बल अगाडि बढाइरहेको अवस्थामा विलियमलाई फउल गरेपछि रेफ्री राम दसनले योगेशलाई सिधै रातो कार्ड देखाएका थिए ।

७५ औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहारलाई झापाका गोलकिपर क्युपिकले बचाए । ८६ औं मिनेटमा ओचिलोभको लामो दूरीको प्रहारलाई वीरगंजका गोकिपर दीपले पञ्च गर्दै बचाए ।

८९ औं मिनेटमा तेज तामाङको फ्रिकिक बारमा लागेर बाहिँदा वीरगंज अभागी साबित भयो । इन्जुरी समयमा उज्ज्वल राईको प्रहार क्रसबारमा लाग्दा वीरगंजको संकट टर्यो ।

 


 


भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR