काठमाडौं । भारतविरुद्ध खेल्ने नेत्रहिन महिला ट्वान्टी २० शृखंलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
भारत नेत्रहिन क्रिकेट संघको आयोजनामा पाँच खेलको ट्वान्टी २० शृंखला मंसिर २५ देखि २९ सम्म मुम्बईमा हुनेछ । नेपाल नेत्रहिन क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो ।
यसैगरी संघले शृखंलाको तयारी स्वरुप मंसिर १७ देखि २० सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं र राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलीबीच नेत्रहिन क्रिकेट प्रतियोगिता पनि गर्ने भएको छ ।
टोलीको प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा, नहेन्द्र निरौला तथा व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।
नेपाली टोली
प्रतिभा राई, माया लुङ्गगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, सीता चौधरी, गीता पौडेल, कान्ती योगी, मनकेशी चौधरी, सरिता घिमिरे, विमला राई, दिल्लीशरा धमला, निशा चौधरी, विनिता पुन, उजेली चौधरी