वैशाख २६, २०८२ शुक्रबार | १०:१८:२०
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

नेपालले जापानलाई हरायो

काठमाडौं । नेपालले चार देशसम्मिलित शृंखलामा जापानलाई ६७ रनले हराउँदै पहिलो जित निकालेको छ ।

हङकङमा भएको खेलमा नेपालले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याएको जापान २० ओभरमा सबै विकेट गुमाउँदा मात्र ४६ रन बनाउ सक्यो ।

जापानलाई सस्तैमा रोक्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा मात्र १० रन खर्चिइन् । संगिता राईले तीन  विकेट लिइन् । ४ ओभर बलिङ गरेकी संगिताले जम्मा ५ रन खर्चेकी हुन् । पुजा महतोले तीन ओभरमा एक मेडनसहित २ रन मात्रै खर्चेर दुई विकेट हात पारिन् ।

शृंखलाको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रन र दोस्रो खेलमा आयोजक हङकङसँग ९ विकेटले पराजित भएको थियो । नेपाल यसअघि नै फाइनल पुग्न असफल भएको थियो । अब, तेस्रो स्थानकोलागि  नेपाल र जापानबीच नै प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि तान्जेनिया र घरेलु टोली हङकङ भिड्नेछन् ।

अघिल्ला दुई खेलमा कमजोर प्रदर्शन गरेको नेपालले जापानविरुद्ध भने ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो । एक सय १४ रनको लक्ष्य पछ्याएको जापानका लागि दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । मेघ ओगावाले १७ रन बनाइन् । सेइका सुमीले १६ बल खेल्दै एक चौकासहित १३ रन जोडिन् । तीन खेलाडी शुन्यमा पेभिलियन फर्किए । ओपनर एकारी निशिमुरा गोल्डेन डकआउट भइन् । उनलाई पुजा महतोले एलविडब्लु धरापमा पारिन् ।

शनिबार बिहान टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो । 

नेपालकी पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरेकी हुन् । काजल श्रेष्ठ १५ रनमा अविजित रहिन् । कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन बनाइन् । ओपनर पुजा महतोले १३ र सिता राना मगरले ९ रन जोडे । कप्तान इन्दु र रुविनाले तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए । 

जापानकी इलिना कुसुदाले दुई विकेट लिँदा मेग ओगावा र अयुमी फुजिकवाले समान एक विकेट लिए । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP