वैशाख २७, २०८२ शनिबार | १५:३२:२७
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

ट्वान्टी २० शृंखलाः नेपालको लगातार दोस्रो हार

काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको छ ।

हारसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ । नेपालले अब शुंखलाको अन्तिम खेलमा शनिबार तुलनात्मक रुपमा कमजोर मानिएको जापानसँग खेल्नेछ । त्यसको भोलिपल्ट नै नेपालले जापानसँग पुनः तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । सोही दिन लगातार दुई खेल जितेका हङकङ र तान्जानिया उपाधिका लागि खेल्नेछन् । आजै भएको अर्को खेलमा तान्जानियाले जापानलाई ११० रनल पराजित गर्यो । यसअघि जापान पहिलो खेलमा बुधबार हङकङसँग ९ विकेटले पराजित भएको थियो । नेपालले सोही दिन तान्जानियाविरुद्ध २७ रनको हार ब्यहोरेको थियो ।

बिहीबार हङकङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि रुबीना क्षेत्रीले सर्वाधिक २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनरद्धय पूजा महतो र सीता राणा मगर क्रमशः ४ र ९ रनमा पेभिलियन फर्किए । त्यसपछि आएका सम्झना खड्का १ रनमा आउट हुँदा काजल श्रेष्ठ र कप्तान इन्दु बर्मा खाता खोल्न नपाई मैदानबाट बाहिरिए ।

२९ बलमा २५ रन बनाइसकेका रुबिना रुचिथा भेन्काटेसको बलमा आउट हुन पुगिन् । त्यसपछि क्रिजमा आएका कञ्चन श्रेष्ठ १ , रोमा थापाले ७ र संगीता राई २ रन बनाउँदै आउट भए । हङकङका लागि इक्रा सहरले तीन विकेट लिइन् ।

जवाफी ब्याटिङमा हङकङका लागि नतासा मिल्सले २३ बलमा ४ चौकासहित ३० रन बनाइन् । त्यस्तै मारिको हिलले ५ र सञ्जीन सेहजादले २० रन जोडिन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP