वैशाख २७, २०८२ शनिबार | १५:३५:५३
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

न्युजिल्यान्डलाई हराउँदै भारत फाइलनमा

काठमाडौं । विराट कोहली र श्रेयस ऐयर तथा मोहम्मद सामीको सानदार प्रदर्शनप्रेरित आयोजक भारत न्युजिल्यान्डलाई ७० रनले हराउँदै आईसिसी एकदिवसीय विश्वकप २०२३ को फाइलनमा स्थान बनाएको छ ।

वानखडे रंगशालामा बुधबार भारतले प्रस्तुत गरेको तीन सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड पुरा विकेट गुमाउँदै ४८.५ ओभरमा मात्र तीन सय २७ रन जोड्न सक्यो ।

जितपछि भारत फाइलनमा स्थान बनाएको छ । आइतबार हुने फाइनल खेलमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

न्युजिल्यान्डको इनिङ्समा डेरी मिचेलले सतक बनाए । उनले एक सय १९ बलमा एक सय ३४ रन बनाए । मिचेलले ९ चौका र ७ छक्का प्रहार गरे । कप्तान केन विलिम्सलने ६९ रन बनाउँदा ग्लेन फिलिप्सले ४१ रनको योगदान गरे । तेस्रो विकेटको लागि विलिम्सन र मिचेलले एक सय ८१ रनको साझेदारी गरेका थिए । मिचेल र फिलिप्सले पाँचौ विकेटको लागि ७५ रनको साझेदारी गरे ।


भारतका मोहम्मद सामीले सर्वाधिक सात विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५७ रन खर्चिए । जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप कार्कीले समान एक विकेट लिए ।

मुम्बईमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ९७ रन बनायो । भारतको इनिङ्समा विराट कोहली र श्रेयस ऐयरले सतक बनाए । सुभमन गिल ७९ रन बनाएर रिटायर्ड हर्ट भए । कोहलीले करियरको ५०औं सतक बनाएका हुन् । उनले सचिन तेन्दुलकरको कीर्तिमान ४९औं सतक भंग बगरेका छन् । यसैगरी श्रेयसले विश्वकपमा लगातार दोस्रो सतक बनाए ।  

भारतको लागि कोहलीले एक सय १३ बलमा सर्वाधिक एक सय १७ रन बनाए । उनले ९ चौका र दुई छक्का बनाएका हुन् । श्रेयसले आक्रामक ब्याटिङ गर्दै ७० बलमा चार चौका र आठ छक्कासहित एक सय ५ रन बनाए । घाइते भएपछि शुभमन गिलले ६५ बलमा ७९ रन बनाएर क्रिज छाडेका हुन् । ओपनर तथा कप्तान रोहित शर्माले २९ बलमा ४७ रनको योगदान गरे । केयर राहुलले ३९ रन बनाए ।

रोहित र गिलले पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरेपछि भारत घरेलु मैदानमा खुलेर ब्याटिङ गरेको थियो । दोस्रो विकेटको लागि कोहली र गिलले अविजित ९३ रनको साझेदारी गरे । कोहली र श्रेयसबीच सर्वाधिक एक सय ६३ रनको साझेदारी भयो । केएल राहुल र श्रेयसले चौथो विकेटको लागि ५४ रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्याएका हुन् ।

न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । ट्रेन्ट बोल्डले एक विकेट लिए ।

प्रतियोगितामा भारत अपराजित छ । ९ खेलबाट १८ अंक जोडेको भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । समान ९ खेलबाट ५ जितसहित १० अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुग्ने अन्तिम टोली बन्यो । सुरुआती चार खेलमा जित निकालेको न्युजिल्यान्डले त्यसपछिका चारै खेलमा हार बेहोरेको थियो । निर्णायक खेलमा श्रीलंकालाई ५ खेलले हराउन सफल भएको थियो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP