काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तानका कप्तान बाबर आजमले सबै फर्म्याटको क्रिकेट कप्तानीबाट राजिनामा दिएका छन् । बुधबार बाबरले यो निर्णय लिएका हुन् । उनको कप्तानीमा पाकिस्तान लिग चरण पार गर्न सकेन ।
उनले सन् २०१९ बाट यो भूमिका रहन साथ दिने सबैलाई धन्यवाद दिएका छन् । ‘सन् २०१९ बाटै यो भूमिकामा साथ दिने सबैलाई धन्यवाद । मैले सधै पाकिस्तानको गौरभ राख्ने काम गरे । विगत चार वर्ष आफ्नो सक्ने प्रयास गरेको छु,’ बाबरले भनेका छन् ।
पाकिस्तानको कप्तान रहँदा बाबर एकदिवसीय विश्वको एक नम्बर ब्याटर बनेका थिए । उनी पाकिस्तानको सबै फर्म्याटको कप्तान हुन् । अब भने उनी खेलमा मात्रै केन्द्रित हुने बताएका छन् । ‘मैले राजिनामा दिने निर्णय गरेको छु । यो निकै गाह्रो अवस्था हो,’ उनले भने ।
बाबरले विश्वकपको ९ खेलमा तीन सय २० रन बनाएका थिए । विश्वकपमा ९ मध्ये चार खेल जितेको पाकिस्तान आठ अंक जोडेर पाँचौं स्थानमा रहेको थियो ।