वैशाख २८, २०८२ आइतबार | २२:५०:५०
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

एकदिवसीय विश्वपकपः भारतको लगातार छैटौं जित

काठमाडौं । साबिक विजेता इङ्ल्यान्डलाई १ सय रनले स्तब्ध बनाउँदै घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

भारतले विश्वकपमा २० वर्षपछि इङ्ल्यान्डलाई हराउएको हो । भारतले पछिल्लो पटक सन् २००३ मा इङ्ल्यान्डलाई हराएको थियो । त्यसपछि दुई टोलीबीच दुई पटक भेट भएको छ । सन् २०११ र सन् २०१९ मा इङ्ल्यान्डले जित निकालेको थियो ।

पाँचौं हारसँगै ६ खेलमा मात्र दुई अंक जोडेको इङ्ल्यान्ड लिग चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ ।  यसैगरी  खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

लखनउस्थित एकान क्रिकेट मैदानमा आइतबार भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमै समेटियो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले २७, डेविड विलीले अविजित १६, डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४, आदिल राशिदले १३ तथा क्रिस वोक्स र कप्तान जोस बट्लरले समान १० रन जोडे ।

भारतका लागि मोहम्मद शामीले चार, जसप्रित बुमराहले तीन, कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय २९ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले १ सय १ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले ४९, केएल राहुलले ३९ र जसप्रित बुमराहले १६ रन बनाए ।

चौथो विकेटका लागि रोहित र केएलले ९१ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि डेविड विलीले तीन, क्रिस वोक्स र आदिल राशिदले समान दुई तथा मार्क उडले एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP