१९औं एसियाली खेलकुदमा

१० ओभर सकियो, भारतको उत्कृष्ट सुरुआत

फाइल तस्बिर

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । १० ओभरको समाप्तीमा भारतले एक विकेट गुमाउँदै एक सय चार रन बनाउको छ ।

९.५ ओभरमा ऋतुराज  २५ रन बनाएर आउट भएका छन् । अर्का ओपनर यशस्वी जैसवाल ३६ बलमा ७३ रन बनाएर खेलिरहेका छन् । आक्रमक सुरुआत गरेका जैसवालले ६ चौका र ५ छक्का प्रहार गरेका हुन् ।

लगातार दुई खेल खेलेर नेपाल क्वार्टरफाइनलमा पुगेको थियो भने भारत सिधै बाइ पाएको थियो ।

नेपाली टिमः 
कुशल भुर्तेल, आसिफ शेख (विकेटविकपर), सन्दीप जोरा, गुल्शन झा, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने