चैत्र ९, २०८२ सोमबार | ०२:४७:१४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कपमा बुधबार घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानको समाना गर्न लागेको हो । पाकिस्तान हाल आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ ।

बाबर आजम, शाहिन शाह अफ्रिदी जस्ता विश्स्तरिय खेलाडीविरुद्ध खेल्न नेपाललाई त्यती सहज भने हुने छैन । तर, युवा खेलाडीको साथ पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

सन् १९८४ बाट सुरु भएको एसिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो । यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान हङकङ र संयुक्त अरब इमिरेट्स (युएई)ले एसिया कप खेलेका थिए ।

फेरि एक पटक सोमपाल कामी नेपाली क्रिकेटको एतिहासिक पलको साक्षी बन्नेछन् । सोमपाल सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दा नेपाली टोलीको सदस्य थिए ।

गत वैशाखमा घरमै भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा सहभागिता सुनिश्चित गरेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको भए पनि यस प्रतियोगितामा पहिलो पटक छनोट भएको भने होइन ।

यसअघि नेपाल सन् २००२ को एसिया कपका लागि पनि छनोट भएको थियो । तर, त्यती बेला भारत–पाकिस्तान युद्धका कारण प्रतियोगिता स्थगित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकपपछि सबभन्दा महत्वपूर्ण मानिने एसिया कप नेपालले अहिलेसम्म खेलेको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

पाकिस्तानविरुद्ध हेर्न लायक पाँच नेपाली खेलाडी

रोहितकुमार पौडेल( कप्तान/ ब्याटर) 
कप्तान रोहितकुमार पौडेल मध्यक्रममा भरपर्दा ब्याटर हुन् । उनले सन् २०१८ अगस्ट ३ मा नेदरल्यल्ड्सविरुद्धको खेलमार्फत नेपाली सिनियर टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । 

२० वर्षीय रोहित एसिया कपका सबैभन्दा कान्छा कप्तान हुन् । उनले हालसम्म ५२ एकदिवसीय खेल खेलेका छन् । १ हजार ४ सय ६९ रन बनाएका रोहितको औसत ३१.९३ छ । रोहितले हालसम्म एक शतक र आठ अर्धशतक प्रहार गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन  एक सय २६ रन बनाउनु हो ।

करण केसी (अलराउन्डर)
अलराउन्डर करण केसीले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत  एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । नेपालका लागि ४६ एकदिवसीय खेल खेलेका करणले ७३ विकेट हात पारेका छन् । उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट लिनु हो । 

३१ वर्षीय करणले तीन पटक एकै खेलमा पाँच विकेट लिएका छन् । उनले ब्याटिङतर्फ १४ को औसतमा ३ सय ४९ रन बनाएका छन् । ४२ रन बनाउनु करणको हालसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

सोमपाल कामी (अलराउन्डर)
अलराउन्डर सोमपाल कामीले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । २७ वर्षीय सोमपाल हाल टोलीमा रहेका एक मात्र यस्ता खेलाडी हुन् जसले सन् २०१४को ट्वान्टी–२० विश्वकप पनि खेलेका थिए । 

सोमपाल हालसम्म नेपालको लागि ४७ एकदिवशीय खेल खेल्दा नेपालका लागि ६३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ३३ रन खर्चिएर पान्च विकेट लिनु हो । ब्याटिङतर्फ सोमपालले २१ को दुई अर्धशतसहित औसतमा ४ सय ७८ रन बनाएका छन् । उनको उत्कृष्ट प्रलर्शन ६३ रन बनाउनु हो ।

गुल्सन झा (अलराउन्डर)
१८ वर्षीय युवा अलराउन्डर गुल्सन झा पछिल्लो समय उत्कृष्ट लयमा छन् । गुल्सनले सन् २०२१ सेप्टेम्बर १७ मा अमेरिकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । गुल्सनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २८ रन दिएर तीन विकेट लिनु हो । 


ब्याटिङमा पनि राम्रो योगदान गरेका गुल्सनले ३५ को औसतमा तीन अर्धशतकसहित ४ सय ५२ रन बनाएका छन् । अविजित ६७ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । गुल्सनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा राखेको छ । याे सूचीमा पाकिस्तानका कप्तान बाबर आजम, भारतका जसप्रिम बुमराह, बंगलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलंकाका महेश थिक्सना छन् ।

सन्दीप लामिछाने (स्पिनर)
२३ वर्षीय स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनले सन् २०१८ अगस्ट १ मा नेदरल्यण्डविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । उनले हालसम्म नेपालको लागि ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियम एक सय विकेट पूरा गर्ने एक्ला नेपाली बलर हुन् ।

उनको उत्कृष्ट प्रदर्शन ११ रन खर्चिएर ६ विकेट लिनु हो । सन्दीपले तीन पटक एकै खेलमा पाँच वा साने भन्दा बढी विकेट लिएका छन् । सन्दीपले ब्याटिङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३५ रन बनाउनु हो ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, मौसम ढकाल(श्याम) 

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो