माघ ८, २०८२ बिहीबार | ०६:४८:५०
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी एसिया कपमा बुधबार घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानको समाना गर्न लागेको हो । पाकिस्तान हाल आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ ।

बाबर आजम, शाहिन शाह अफ्रिदी जस्ता विश्स्तरिय खेलाडीविरुद्ध खेल्न नेपाललाई त्यती सहज भने हुने छैन । तर, युवा खेलाडीको साथ पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

सन् १९८४ बाट सुरु भएको एसिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो । यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान हङकङ र संयुक्त अरब इमिरेट्स (युएई)ले एसिया कप खेलेका थिए ।

फेरि एक पटक सोमपाल कामी नेपाली क्रिकेटको एतिहासिक पलको साक्षी बन्नेछन् । सोमपाल सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दा नेपाली टोलीको सदस्य थिए ।

गत वैशाखमा घरमै भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा सहभागिता सुनिश्चित गरेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको भए पनि यस प्रतियोगितामा पहिलो पटक छनोट भएको भने होइन ।

यसअघि नेपाल सन् २००२ को एसिया कपका लागि पनि छनोट भएको थियो । तर, त्यती बेला भारत–पाकिस्तान युद्धका कारण प्रतियोगिता स्थगित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकपपछि सबभन्दा महत्वपूर्ण मानिने एसिया कप नेपालले अहिलेसम्म खेलेको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

पाकिस्तानविरुद्ध हेर्न लायक पाँच नेपाली खेलाडी

रोहितकुमार पौडेल( कप्तान/ ब्याटर) 
कप्तान रोहितकुमार पौडेल मध्यक्रममा भरपर्दा ब्याटर हुन् । उनले सन् २०१८ अगस्ट ३ मा नेदरल्यल्ड्सविरुद्धको खेलमार्फत नेपाली सिनियर टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । 

२० वर्षीय रोहित एसिया कपका सबैभन्दा कान्छा कप्तान हुन् । उनले हालसम्म ५२ एकदिवसीय खेल खेलेका छन् । १ हजार ४ सय ६९ रन बनाएका रोहितको औसत ३१.९३ छ । रोहितले हालसम्म एक शतक र आठ अर्धशतक प्रहार गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन  एक सय २६ रन बनाउनु हो ।

करण केसी (अलराउन्डर)
अलराउन्डर करण केसीले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत  एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । नेपालका लागि ४६ एकदिवसीय खेल खेलेका करणले ७३ विकेट हात पारेका छन् । उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट लिनु हो । 

३१ वर्षीय करणले तीन पटक एकै खेलमा पाँच विकेट लिएका छन् । उनले ब्याटिङतर्फ १४ को औसतमा ३ सय ४९ रन बनाएका छन् । ४२ रन बनाउनु करणको हालसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

सोमपाल कामी (अलराउन्डर)
अलराउन्डर सोमपाल कामीले सन् २०१८ अगस्ट १ मा नेदरल्यान्डविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । २७ वर्षीय सोमपाल हाल टोलीमा रहेका एक मात्र यस्ता खेलाडी हुन् जसले सन् २०१४को ट्वान्टी–२० विश्वकप पनि खेलेका थिए । 

सोमपाल हालसम्म नेपालको लागि ४७ एकदिवशीय खेल खेल्दा नेपालका लागि ६३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ३३ रन खर्चिएर पान्च विकेट लिनु हो । ब्याटिङतर्फ सोमपालले २१ को दुई अर्धशतसहित औसतमा ४ सय ७८ रन बनाएका छन् । उनको उत्कृष्ट प्रलर्शन ६३ रन बनाउनु हो ।

गुल्सन झा (अलराउन्डर)
१८ वर्षीय युवा अलराउन्डर गुल्सन झा पछिल्लो समय उत्कृष्ट लयमा छन् । गुल्सनले सन् २०२१ सेप्टेम्बर १७ मा अमेरिकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । गुल्सनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २८ रन दिएर तीन विकेट लिनु हो । 


ब्याटिङमा पनि राम्रो योगदान गरेका गुल्सनले ३५ को औसतमा तीन अर्धशतकसहित ४ सय ५२ रन बनाएका छन् । अविजित ६७ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । गुल्सनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा राखेको छ । याे सूचीमा पाकिस्तानका कप्तान बाबर आजम, भारतका जसप्रिम बुमराह, बंगलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलंकाका महेश थिक्सना छन् ।

सन्दीप लामिछाने (स्पिनर)
२३ वर्षीय स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनले सन् २०१८ अगस्ट १ मा नेदरल्यण्डविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । उनले हालसम्म नेपालको लागि ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियम एक सय विकेट पूरा गर्ने एक्ला नेपाली बलर हुन् ।

उनको उत्कृष्ट प्रदर्शन ११ रन खर्चिएर ६ विकेट लिनु हो । सन्दीपले तीन पटक एकै खेलमा पाँच वा साने भन्दा बढी विकेट लिएका छन् । सन्दीपले ब्याटिङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३५ रन बनाउनु हो ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, मौसम ढकाल(श्याम) 

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 
 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate