चैत्र ७, २०८२ शनिबार | ०४:०५:५३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

काठमाडौं । एसिया कप क्रिकेटको १८ औं संस्करणमा आयोजक पाकिस्तानले आफ्नो पहिलो खेलमा बुधबार (आज) नेपालको सामना गर्दै छ । खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको टोली हो ।

एक त राम्रो लय, त्यसमाथि घरेलु भूमि । दुईपल्टको च्याम्पियन पाकिस्तानलाई यसपालि एसिया कप २०२३ को प्रबल दावेदारका रूपमा हेरिएको छ । पाकिस्तान अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) वरीयताको पहिलो स्थानमा छ । त्यसैले पनि पाकिस्तानले तेस्रोपल्ट महादेशीय कपको उपाधि जित्ने अनुमान गरिएको छ ।

पाकिस्तानले यसअघि २००० (सातौं) र २०१२ (एघारौं संस्करण) मा एसिया कपको उपाधि उचालेको थियो । नेपालपछि पाकिस्तानले आफ्नो दोस्रो खेलमा शनिबार चिरप्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

पाकिस्तानका पाँच शीर्ष एकदिवसीय खेलाडी
१. बाबर आजम (कप्तान, ब्याटर)
एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ विश्व वरीयताको पहिलो स्थानमा रहेका कप्तान बाबर आजम पाकिस्तानका प्रमुख खेलाडी हुन् । २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका बाबरको नाममा १८ अन्तर्राष्ट्रिय शतक छ । आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २ हजार रन पूरा गर्ने खेलाडी हुन् ।

२. फखर जमान (ब्याटर)
नेपालविरुद्ध फखर जमान ओपनर हुनेछन् । बायाँहाते ब्याटर जमान उच्च लयमा छन् । उनले यस वर्ष ११ खेल खेल्दा ५७९ रन बनाएका छन् । औसतमा उनले एक खेलमा ५७.९० रन जोडेका छन् । जसमा तीन शतक र एक अर्धशतक समावेश छ । एकदिवसीय विश्व वरीयतामा जमान पाँचौं स्थानमा छन् ।

३. इमाम उल–हक (ब्याटर)
मध्यक्रमका ब्याटर इमाम उल–हक हाल एकदिवसीय विश्व वरीयताको तेस्रो स्थानमा छन् । २७ वर्षीय उनले ६२ एकदिवसीय खेलमा २ हजार ८ सय ८४ रन जोडिसकेका छन् । जसमा ९ शतक र १८ अर्धशतक समावेश छ । २०१९ मा २३ वर्षको उमेरमा उनले १९ इनिङ्स खेल्दै एक हजार रन पूरा गरेका थिए ।

४. साहिन शाह अफ्रिदी (बलर)
तीव्र गतिका बलर साहिन शाह अफ्रिदी गति र बाउन्सरका लागि चर्चित छन् । एकदिवसीय बलर वरीयताको नवौं स्थानमा रहेका उनलाई विश्व क्रिकेटमा ‘द इगल्स’ भनेर पनि चिनिन्छ । २३ वर्षीय अफ्रिदीले ३९ अन्तर्राष्ट्रिय खेलमा ७६ विकेट लिइसकेका छन् । एसिया कपमा पाकिस्तानका लागि उनको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा छ ।

५. हरिस रौफ (बलर)
६ वर्ष अगाडिसम्म पनि हरिस रौफ क्रिकेटमा व्यावसायिक बनेका थिएनन् । आजका दिनमा हरिस पाकिस्तानको सबैभन्दा सफल बलरमध्येमा पर्छन् । उनले २४ एकदिवसीय खेलमा ४४ विकेट लिइसकेका छन् । उनले २०२० मा जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका हुन् । 

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो