पुस २८, २०८२ मंगलबार | १५:४७:५२
साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सको पोस्टमा भारतको ११ गोल युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सको पोस्टमा भारतको ११ गोल युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप क्रिकेटमा बुधबार घरेलु टोली पाकिस्तानको सामना गर्दा त्यो क्रिकेटका लागि मात्र नभएर सम्पूर्ण नेपाली खेलकुदका लागि नै गर्व गर्न लायकको क्षण हुनेछ ।

सायद नेपाली खेलकुद इतिहासमा यो पहिलो अवसर हुनेछ कुनै पनि खेलको नेपाली राष्ट्रिय टोलीले शीर्ष वरीयताको राष्ट्रसँग प्रतिस्पर्धा गरेको होस् । 

आइसिसी एकदिवसीय वरीयतामा पाकिस्तान हाल शीर्षस्थानमा छ । यस अर्थमा पनि बुधबार नेपाली खेलकुदका लागि एक विशेष र ऐतिहासिक दिन हुनेछ ।

आफ्नो खेलको शीर्षस्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने हरेक खेलाडी वा टोलीको सपना हुन्छ । नेपाली क्रिकेट टोली त्यस मामिलामा भाग्यमानी साबित भयो । 

आफ्नो खेलको शीर्षस्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने हरेक खेलाडी वा टोलीको सपना हुन्छ । नेपाली क्रिकेट टोली त्यस मामिलामा भाग्यमानी साबित भयो । टोलीले बुधबार विश्व नम्बर एक टोलीसँग खेल्दै आफ्नो सपना पूरा गर्दै छ ।

पाकिस्तानबाहेक नेपालले अर्को महारथी भारतको सामना गर्नेछ । एकै प्रतियोगितामा दुई उत्कृष्ट टोलीको सामना गर्न पाउनु त संयोग नै हो । 

सायल हरेक नेपाली क्रिकेट समर्थकको सपना थियो, आफ्ना खेलाडीले विश्वका उत्कृष्ट खेलाडीविरुद्ध खेलिरहेको हेर्ने । बुधबार कम्तीमा त्यो सपना पूरा हुँदै छ । 

नेपाल अर्को एक पक्षमा पनि भाग्यमानी साबित भएको थियो । त्यो एसिया कप छनोटको रूपमा रहेको एसिसी प्रिमियर कप घरेलु मैदानमै आयोजना गर्न पाउनु थियो । 

नेपाली खेलाडीले बाबर आजम, मोहम्मद रिजवान, साहिन शाह अफ्रिदी, हरिस रौफ जस्ता उत्कृष्ट खेलाडीसँग खेल्दै छन् ।

नेपाल अर्को एक पक्षमा पनि भाग्यमानी साबित भएको थियो । त्यो एसिया कप छनोटको रूपमा रहेको एसिसी प्रिमियर कप घरेलु मैदानमै आयोजना गर्न पाउनु थियो । एसिया कपको छनोट प्रतियोगिता एसिसी प्रिमियर कप गत वैशाख ५ देखि १९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपनी क्रिकेट रंगशालामा भएको थियो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह ‘ए’ मा नेपाल, ओमान, मलेसिया, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ युएई, कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट युएई र कुवेतले सेमिफाइनलमा स्थान बनाएका थिए । नेपालले समूह चरणमा तीन जित निकाल्दा एक खेल विना नतिजा टुंगिएको थियो । नेपालले मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ८६ रनले हराउँदा साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा २ रनले पराजित गर्दै नेपालविरुद्ध उपाधि भिडन्त पक्का गरेको थियो । शनिबारका लागि तय भएको फाइनल वर्षाका करण सम्भव नभएपछि सोमबार खेलाइएको थियो ।

सेमिफाइनलमा पनि नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा वर्षाका करण खेल रोकिएको थियो । वर्षाका करण खेल पुनः खेलाउन सम्भव नभएपछि समूह विजेताको हैसियतमा नेपाल फाइनल पुगेको थियो । 

अर्को सेमिफाइनलमा युएईले ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा २ रनले पराजित गर्दै नेपालविरुद्ध उपाधि भिडन्त पक्का गरेको थियो । शनिबारका लागि तय भएको फाइनल वर्षाका करण सम्भव नभएपछि सोमबार खेलाइएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको युएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो । १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमै तीन विकेट गुमाएर पूरा गरेको थियो । त्यसमा गुलशन झाले ८४ बलमा अविजित ६७ रनको योगदान दिएका थिए ।

यसअघि सन् २००२ मा नेपालले छनोट भएर पनि एसिया कप खेल्न पाएको थिएन । त्यतिबेला भारत–पाकिस्ता द्वन्द्वका कारण प्रतियोगिता स्थगित भएको थियो । 

नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधिसहित एसिया कपमा स्थान पक्का गरेको थियो । नेपालले पहिलेले पहिलो पटक एसिया कप खेल्न लागेको भए पनि प्रतियोगिताका लागि छनोट भने दोस्रो पटक भएको हो । 

यसअघि सन् २००२ मा नेपालले छनोट भएर पनि एसिया कप खेल्न पाएको थिएन । त्यतिबेला भारत–पाकिस्ता द्वन्द्वका कारण प्रतियोगिता स्थगित भएको थियो । 

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||