फाल्गुन २०, २०८२ बुधबार | ०८:३१:२२
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप क्रिकेटमा बुधबार घरेलु टोली पाकिस्तानको सामना गर्दा त्यो क्रिकेटका लागि मात्र नभएर सम्पूर्ण नेपाली खेलकुदका लागि नै गर्व गर्न लायकको क्षण हुनेछ ।

सायद नेपाली खेलकुद इतिहासमा यो पहिलो अवसर हुनेछ कुनै पनि खेलको नेपाली राष्ट्रिय टोलीले शीर्ष वरीयताको राष्ट्रसँग प्रतिस्पर्धा गरेको होस् । 

आइसिसी एकदिवसीय वरीयतामा पाकिस्तान हाल शीर्षस्थानमा छ । यस अर्थमा पनि बुधबार नेपाली खेलकुदका लागि एक विशेष र ऐतिहासिक दिन हुनेछ ।

आफ्नो खेलको शीर्षस्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने हरेक खेलाडी वा टोलीको सपना हुन्छ । नेपाली क्रिकेट टोली त्यस मामिलामा भाग्यमानी साबित भयो । 

आफ्नो खेलको शीर्षस्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने हरेक खेलाडी वा टोलीको सपना हुन्छ । नेपाली क्रिकेट टोली त्यस मामिलामा भाग्यमानी साबित भयो । टोलीले बुधबार विश्व नम्बर एक टोलीसँग खेल्दै आफ्नो सपना पूरा गर्दै छ ।

पाकिस्तानबाहेक नेपालले अर्को महारथी भारतको सामना गर्नेछ । एकै प्रतियोगितामा दुई उत्कृष्ट टोलीको सामना गर्न पाउनु त संयोग नै हो । 

सायल हरेक नेपाली क्रिकेट समर्थकको सपना थियो, आफ्ना खेलाडीले विश्वका उत्कृष्ट खेलाडीविरुद्ध खेलिरहेको हेर्ने । बुधबार कम्तीमा त्यो सपना पूरा हुँदै छ । 

नेपाल अर्को एक पक्षमा पनि भाग्यमानी साबित भएको थियो । त्यो एसिया कप छनोटको रूपमा रहेको एसिसी प्रिमियर कप घरेलु मैदानमै आयोजना गर्न पाउनु थियो । 

नेपाली खेलाडीले बाबर आजम, मोहम्मद रिजवान, साहिन शाह अफ्रिदी, हरिस रौफ जस्ता उत्कृष्ट खेलाडीसँग खेल्दै छन् ।

नेपाल अर्को एक पक्षमा पनि भाग्यमानी साबित भएको थियो । त्यो एसिया कप छनोटको रूपमा रहेको एसिसी प्रिमियर कप घरेलु मैदानमै आयोजना गर्न पाउनु थियो । एसिया कपको छनोट प्रतियोगिता एसिसी प्रिमियर कप गत वैशाख ५ देखि १९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपनी क्रिकेट रंगशालामा भएको थियो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह ‘ए’ मा नेपाल, ओमान, मलेसिया, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ युएई, कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट युएई र कुवेतले सेमिफाइनलमा स्थान बनाएका थिए । नेपालले समूह चरणमा तीन जित निकाल्दा एक खेल विना नतिजा टुंगिएको थियो । नेपालले मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ८६ रनले हराउँदा साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा २ रनले पराजित गर्दै नेपालविरुद्ध उपाधि भिडन्त पक्का गरेको थियो । शनिबारका लागि तय भएको फाइनल वर्षाका करण सम्भव नभएपछि सोमबार खेलाइएको थियो ।

सेमिफाइनलमा पनि नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा वर्षाका करण खेल रोकिएको थियो । वर्षाका करण खेल पुनः खेलाउन सम्भव नभएपछि समूह विजेताको हैसियतमा नेपाल फाइनल पुगेको थियो । 

अर्को सेमिफाइनलमा युएईले ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा २ रनले पराजित गर्दै नेपालविरुद्ध उपाधि भिडन्त पक्का गरेको थियो । शनिबारका लागि तय भएको फाइनल वर्षाका करण सम्भव नभएपछि सोमबार खेलाइएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको युएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो । १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमै तीन विकेट गुमाएर पूरा गरेको थियो । त्यसमा गुलशन झाले ८४ बलमा अविजित ६७ रनको योगदान दिएका थिए ।

यसअघि सन् २००२ मा नेपालले छनोट भएर पनि एसिया कप खेल्न पाएको थिएन । त्यतिबेला भारत–पाकिस्ता द्वन्द्वका कारण प्रतियोगिता स्थगित भएको थियो । 

नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधिसहित एसिया कपमा स्थान पक्का गरेको थियो । नेपालले पहिलेले पहिलो पटक एसिया कप खेल्न लागेको भए पनि प्रतियोगिताका लागि छनोट भने दोस्रो पटक भएको हो । 

यसअघि सन् २००२ मा नेपालले छनोट भएर पनि एसिया कप खेल्न पाएको थिएन । त्यतिबेला भारत–पाकिस्ता द्वन्द्वका कारण प्रतियोगिता स्थगित भएको थियो । 

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||