माघ १९, २०८२ सोमबार | ०५:३८:१८
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

सन् २००२ मा हुन नसकेको एसिया कप

काठमाडाै‌ । डर थियो, कतै यसपल्टको एसिया कप क्रिकेट पनि नहुने त होइन ? जति जति बेला एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता हुने कुरा आउँछ, यो प्रतियोगिता नै नहुने डर पनि हुन्छ । कारण पनि स्पष्ट छ, भारत र पाकिस्तानबीचको बेमेल । विश्व क्रिकेटका यी दुई ठूला शक्ति हुन । तर राजनीतिक रूपमा यी दुई छिमेकीबीच जहिले पनि कलह चलिरहेकै हुन्छ ।

सन् २००२ ताका भारत र पाकिस्तानबीचको सम्बन्ध निकै नाजुक मोडमा पुगेको थियो, जति बेला कारगिल युद्ध भर्खर भर्खर जस्तो टुंगेको थियो । यही पृष्ठभूमिमा त्यो वर्षको एसिया कप नै हुन सकेन । नतिजा नेपालको एसिया कप खेल्ने सपना नमीठोसँग चकनाचुर भयो । नत्र नेपाल यो प्रतियोगिताका लागि ऐतिहासिक रूपमा छनोट भएको थियो ।

त्यही वर्ष भएको एसीसी ट्रफिको उप- विजेताका रूपमा नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफिको त्यस फाइनलमा नेपाल यूएईको हातबाट ६ विकेटले पराजित भएको थियो । प्रतियोगिता सिंगापुरमा भएको थियो र फाइनल खेलिएको थियो, कालङ ग्राउन्डमा । त्यस खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो ।

जवाफमा यूएईले ३८.३ ओभरमा चार विकेट गुमाएर मात्र गुमाएर १ सय ८५ रन बनाएको थियो । त्यस अगाडि नेपालले सेमिफाइनलमा मलेसियालाई २५ रनले पराजित गर्दै ऐतिहासिक रूपमा एसिया कपका लागि छनोट भएको थियो । त्यस सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर ५० ओभरमा १ सय ८१ रन बनाएको थियो ।

जवाफमा मलेसियाले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । समूह चरणमा नेपालले ओमानलाई १ सय ५ रन, कतारलाई १ सय ३० रन र कुवेतलाई १ सय २४ रनले पराजित गरेको थियो । यूएईविरुद्धको खेलमा भने नेपाल छ विकेटले पराजित रह्यो । त्यस अर्थमा पूरा प्रतियोगितामै नेपालको प्रदर्शन उच्च रह्यो ।

सबैभन्दा ठूलो नेपालले फाइनल यात्रा तय गरेको थियो, जसमै टिकेर नेपाल एसिया कपका लागि छनोट भएको थियो । तर दुर्भाग्य के रह्यो भने त्यो वर्षको एसिया कप नै भएन । भारत र पाकिस्तानबीचको कटु सम्बन्धले नेपाली क्रिकेटले गरेको ऐतिहासिक प्रदर्शनलाई निर्णायक बनाउन नै दिएन ।

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।