चैत्र १०, २०८२ मंगलबार | ०७:३०:३१
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

सन् २००२ मा हुन नसकेको एसिया कप

काठमाडाै‌ । डर थियो, कतै यसपल्टको एसिया कप क्रिकेट पनि नहुने त होइन ? जति जति बेला एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता हुने कुरा आउँछ, यो प्रतियोगिता नै नहुने डर पनि हुन्छ । कारण पनि स्पष्ट छ, भारत र पाकिस्तानबीचको बेमेल । विश्व क्रिकेटका यी दुई ठूला शक्ति हुन । तर राजनीतिक रूपमा यी दुई छिमेकीबीच जहिले पनि कलह चलिरहेकै हुन्छ ।

सन् २००२ ताका भारत र पाकिस्तानबीचको सम्बन्ध निकै नाजुक मोडमा पुगेको थियो, जति बेला कारगिल युद्ध भर्खर भर्खर जस्तो टुंगेको थियो । यही पृष्ठभूमिमा त्यो वर्षको एसिया कप नै हुन सकेन । नतिजा नेपालको एसिया कप खेल्ने सपना नमीठोसँग चकनाचुर भयो । नत्र नेपाल यो प्रतियोगिताका लागि ऐतिहासिक रूपमा छनोट भएको थियो ।

त्यही वर्ष भएको एसीसी ट्रफिको उप- विजेताका रूपमा नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफिको त्यस फाइनलमा नेपाल यूएईको हातबाट ६ विकेटले पराजित भएको थियो । प्रतियोगिता सिंगापुरमा भएको थियो र फाइनल खेलिएको थियो, कालङ ग्राउन्डमा । त्यस खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो ।

जवाफमा यूएईले ३८.३ ओभरमा चार विकेट गुमाएर मात्र गुमाएर १ सय ८५ रन बनाएको थियो । त्यस अगाडि नेपालले सेमिफाइनलमा मलेसियालाई २५ रनले पराजित गर्दै ऐतिहासिक रूपमा एसिया कपका लागि छनोट भएको थियो । त्यस सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर ५० ओभरमा १ सय ८१ रन बनाएको थियो ।

जवाफमा मलेसियाले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । समूह चरणमा नेपालले ओमानलाई १ सय ५ रन, कतारलाई १ सय ३० रन र कुवेतलाई १ सय २४ रनले पराजित गरेको थियो । यूएईविरुद्धको खेलमा भने नेपाल छ विकेटले पराजित रह्यो । त्यस अर्थमा पूरा प्रतियोगितामै नेपालको प्रदर्शन उच्च रह्यो ।

सबैभन्दा ठूलो नेपालले फाइनल यात्रा तय गरेको थियो, जसमै टिकेर नेपाल एसिया कपका लागि छनोट भएको थियो । तर दुर्भाग्य के रह्यो भने त्यो वर्षको एसिया कप नै भएन । भारत र पाकिस्तानबीचको कटु सम्बन्धले नेपाली क्रिकेटले गरेको ऐतिहासिक प्रदर्शनलाई निर्णायक बनाउन नै दिएन ।

सम्बन्धित समाचारः 

शुभकामना ! टिम नेपाल

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो