असार १७, २०८२ मंगलबार | ०३:४१:३८
दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई

शुभकामना ! टिम नेपाल

काठमाडौं । नेपाली क्रिकेट आज आफ्नो उत्साहजनक इतिहासमा अर्को एउटा सुनौलो अध्याय थप्ने तयारीमा छ । आज मुल्तानको मैदानमा उदघाटन खेलको प्रतिस्पर्धी बन्दै नेपालले एसिया कपमा ‘डेब्यु’ गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकपपछि सबभन्दा महत्वपूर्ण मानिने एसिया कप नेपालले अहिलेसम्म खेलेको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । जहाँ नेपालको पहिलो प्रतिस्पर्धी हुनेछ, आयोजक पाकिस्तान । जो एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा छ । जुन टिमका तीन ब्याटर ब्याटिङ वरियताको शीर्ष १० मा छन् भने बलिङ वरियताको शीर्ष १० मा एक खेलाडी छन् ।

पाकिस्तानका कप्तान बाबर आजम विश्व ब्याटिङ वरियताको शीर्ष स्थानमा छन् । इमाम उल हक तेस्रो तथा फखर जमान पाँचौं स्थानमा छन् । यसैगरि तिब्र गतिका बलर साइन शाह अफ्रिदी बलिङ वरियताको नवौं स्थानमा छन् ।

पाकिस्तानका कप्तान बाबर आजम विश्व ब्याटिङ वरियताको शीर्ष स्थानमा छन् । इमाम उल हक तेस्रो तथा फखर जमान पाँचौं स्थानमा छन् । यसैगरि तिब्र गतिका बलर साइन शाह अफ्रिदी बलिङ वरियताको नवौं स्थानमा छन् ।

नेपालको कुरा गर्ने हो भने टोली आइसिसी टिम वरियताको १५औं स्थानमा छ । कप्तान रोहितकुमार पौडेलको वरियता (७३औं) ब्याटिङतर्फ नेपालको शीर्ष स्थान हो । बलिङ वरियतामा भने सन्दीप लामिछाने २२औं स्थानमा छन् ।

दुई दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा उदीयमान राष्ट्रको हैसियतमै मख्ख पर्दै आएको नेपालको यात्रामा पक्कै पनि यो एउटा महत्वपूर्ण फड्को हो ।

शीर्ष वरियताको पाकिस्तानसँगै नेपालले एसिया कपमा विश्व क्रिकेटको अर्को ठूलो महारथी भारतसँग खेल्न पाउनेछ । विश्व क्रिकेटलाई मैदान भित्र र बाहिर पनि प्रभावशाली नेतृत्व गर्दै आएको भारत एकदिवसीय वरियताको तेस्रो स्थानमा छ । व्यक्तिगत वरियताको कुरा गर्ने हो भने ब्याटिङ र बलिङ दुवैतिर भारतका दुई÷दुई खेलाडी शीर्ष १० भित्र छन् । भारतका शुभमन गिल चौथो तथा विराट कोहली नवौं स्थानमा रहँदा बलिङतर्फ मोहम्मद सिराज पाँचौं तथा कुलदीप यादव १०औं स्थानमा छन् ।

विश्व क्रिकेट हल्लाइरहेका छिमेकी भारत र पाकिस्तानसँग खेल्ने सपना झन पुरानो हो । जुन आज पाकिस्तानविरुद्धको खेलले पूरा गर्नेछ ।

वैशाखमा घरमै भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा सहभागिता सुनिश्चित गरेको थियो ।

नेपाली क्रिकेटको औपचारिक अन्तर्राष्ट्रिय इतिहास धेरै लामो छैन । तर एसिया कप खेल्ने सपना चाँही औपचारिक इतिहासजत्तिकै पुरानो हो । अझ खुलस्त हुँदा विश्व क्रिकेट हल्लाइरहेका छिमेकी भारत र पाकिस्तानसँग खेल्ने सपना झन पुरानो हो । जुन आज पाकिस्तानविरुद्धको खेलले पूरा गर्नेछ ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्यता लिएदेखि नै नेपालले त्यो सपना देखेको थियो । नेपाली क्रिकेट समुदायले टेलिभिजनको पर्दामा मात्र देखेको भरमा भारत र पाकिस्तानकै क्रिकेट पछ्याउँदै आएको, भारत र पाकिस्तानका स्टारहरुलाई आदर्श मान्दै आएको थियो ।

अझ भारतमा आइपिएलको सुरुआतपछि त यो सपनाको बेचैनीले थप कुत्कुत्याउन थाल्यो । खेलाडी, प्रशिक्षक, प्रशासक र समर्थक सबैको साझा सपना बन्यो, भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने ।

सुखद संयोग पनि कस्तो भने भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना एकै पटकमा पूरा गर्ने नेपाली क्रिकेट परिवारको सपना यथार्थमा परिणत भयो । नेपाल रहेको समूहमा शीर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत दुवै छन् ।

नेपाल त्यसका लागि लायक पनि थियो । २००२ मै नेपालले एसिया कपमा स्थान सुरक्षित गरिसकेको थियो । तर त्योबेला भारत र पाकिस्तानबीचको परम्परागत भूराजनीतिक समस्याका कारण पाकिस्तानमा हुने तय भएको प्रतियोगिता रद्ध भयो । नेपालको सपना चकनाचुर भयो ।

यसपाली २१ वर्षपछि त्यो सपना फेरि ब्युतिएको छ । सुखद संयोग पनि कस्तो भने भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना एकै पटकमा पूरा गर्ने नेपाली क्रिकेट परिवारको सपना यथार्थमा परिणत भयो । नेपाल रहेको समूहमा शीर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत दुवै छन् ।

समूहमा पहिलो खेल आज पाकिस्तानसँग खेल्ने नेपालले अन्तिम खेल सोमबार श्रीलंकामा भारतसँग खेल्नेछ ।

सधै टेलिभिजनको पर्दामा हेरेर उनीहरुकै समर्थक बन्नुमा गर्व गरिरहेका खेलाडीले भारत र पाकिस्तानका सुपरस्टारहरुसँग प्रतिस्पर्धाको मौका पाउनेछन् । उनीहरुबाट प्रत्यक्ष रुपमा सिक्ने ठूलो अवसर प्राप्त गर्नेछन् । समर्थकले पनि विश्व क्रिकेटका ठूला स्टारहरु विरुद्ध आफ्ना खेलाडीले गरेको प्रतिस्पर्धाको मज्जा लिन पाउनेछन् । यही स्तरमा खेलिरहने बन्न परिपक्वता पनि विकास हुनेछ ।

एसिया कप नेपाली क्रिकेटका लागि त्यस्तै मिठा स्मरणहरु साच्ने एउटा स्वप्निल थलो बन्न सकोस । नेपाली क्रिकेटलाई अहिले भएभन्दा माथिल्लो स्तरमा पुर्याउने एउटा पुल बन्न सकोस । प्रतिभावान नेपाली खेलाडीलाई ठूला विदेशी लिगसम्म पुग्ने माध्यम बन्न सकोस । 

पाकिस्तान र भारतसँग खेल्दा नतिजा नेपालको पक्षमा नरहला । सबै खेल नतिजाका लागि खेलिन्न पनि । कतिपय खेल अनुभव बटुल्नका लागि खेलिन्छन् । अझ माथिल्लो स्तरमा उक्लिने खुट्किलो बनाउनका लागि खेलिन्छन् । मिठा स्मरणहरु साच्नका लागि पनि खेलिन्छन् । जस्तो नेपालले २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपमा गरेको थियो ।

एसिया कप नेपाली क्रिकेटका लागि त्यस्तै मिठा स्मरणहरु साच्ने एउटा स्वप्निल थलो बन्न सकोस । नेपाली क्रिकेटलाई अहिले भएभन्दा माथिल्लो स्तरमा पुर्याउने एउटा पुल बन्न सकोस । प्रतिभावान नेपाली खेलाडीलाई ठूला विदेशी लिगसम्म पुग्ने माध्यम बन्न सकोस । लामो समयसम्म नेपाली क्रिकेटलाई उर्जा प्रदान गरिरहने एउटा उत्प्रेरक बन्न सकोस । आन्तरिक राजनीतिक किचलो र भ्रष्टाचारका कर्तुतका कारण अन्तर्राष्ट्रिय जगतमा लागेको नेपाली क्रिकेटमाथिको दाग मैदानभित्रको प्रदर्शनले छोप्न सकोस ।

शुभकामना टिम नेपाल !

सम्बन्धित समाचारः 

नेपालविरुद्ध खेल्ने पाकिस्तानका ‘फाइभ स्टार’

फ्ल्यास ब्याकः एसिया कपमा कसरी छनोट भएको थियो नेपाल ?

पाकिस्तानविरुद्ध खेल्ने नेपालका ‘फाइभ स्टार’

सन् २००२ मा हुन नसकेको एसिया कप

 

 


 

 



 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3