काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पाँच ट्वान्टी २० शृंखलामा भारतले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार राति २ विकेटले पराजित भएसँगै भारत शृंखलामा २–० ले पछि परेको हो ।
अब, तेस्रो खेल मंगलबार गुयनामा हुनेछ । पहिलो खेलमा भारत चार रनले पराजित भएको थियो । कुनै समय जिततर्फ अग्रसर भएको भारतले पछिल्लो क्रमका ब्याटर चल्न नसक्दा शृंखला बराबर गर्ने अवसर गुमायो ।
एक सय ५३ रनको विजयी लक्ष्य पाएको वेष्ट इन्डिजले १८.५ ओभरमा आठ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको हो ।
टस जितेर ब्याटिङ गर्न आएको भ्रमणकारी टोली भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो । एक सय ५३ रनको विजयी लक्ष्य पाएको वेष्ट इन्डिजले १८.५ ओभरमा आठ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको हो ।
तेस्रो नम्बर क्रजमा आएका ब्याटर निकोलस पुरनले अर्धसतकीय इनिङ खेले । ४० बलमा ६ चौका र चार छक्कासहित सर्वाधिक ६७ रन बनाए । सिमरन हेटमायरले २२, कप्तान राभमान पावलले २१, एकेल हुसैनले १६ र ओपनर केली मायर्सले १५ रनको योगदान गरे ।
वेष्ट इन्डिजका ओपनर ब्रान्डोन किङ्स गोल्डेन डकआउट भएका थिए । कप्तान हार्दिक पांड्याले सुर्यकुमार यादवबाट ब्रान्डोनलाई क्याच गराएका हुन् । भारतका कप्तान पांड्याले सर्वाधिक तीन विकेट लिँदा युजभेन्द्र चहलले दुई विकेट लिए ।
यसअघि भारतका तिलक बर्माले अर्धसतकीय इनिङ खेलेपनि अन्त्य ब्याटर चल्न नसक्दा ठूलो स्कोर बनाउन सकेन । तिलकले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन बनाए । ओपनर इशान किशनले २७, कप्तान पांड्याले २४, अक्षर पटेलले १४ रनमात्रै बनाएका थिए ।
बलिङतर्फ वेष्ट इन्डिजका हुसैन, अजरी जोसेफ र रोमारिओ सेफर्डले समान दुई विकेट लिएका थिए ।