वैशाख १५, २०८२ सोमबार | १४:४५:४२
राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा आरसिबी शीर्ष स्थानमा उक्लियो लिभरपुललाई प्रिमियर लिगको उपाधि दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा आरसिबी शीर्ष स्थानमा उक्लियो लिभरपुललाई प्रिमियर लिगको उपाधि दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक

पाँचौं खेलमा न्युजिल्यान्डको सहज जित

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आठ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै न्युजिल्यान्डले शृंखला ४-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि न्युजिल्यान्डले ९ र पाँच विकेट तथा ११५ रनको जित निकालेको थियो । पाकिस्तान भने ९ विकेटले विजयी भएको थियो ।

बुधबार वालिङटनस्थित स्काई रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको १२९ रनको लक्ष्य न्युजिल्यान्डले १० ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डका लागि टिम सिफर्टले ३८ बलमा १० चौका र ६ छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे । यसैगरी फिन एलनले २७ रन बनाए ।

पहिलो विकेटका लागि सिफर्ट र एलनले ९३ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि दुवै विकेट सुफियान मुकिमले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान सलमान अघाले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी शडाब खानले २८ र मोहम्मद ह्यारिसले ११ रन बनाए ।

छैटौं विकेटका लागि अघा र शाडबले ५४ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि जिमी निसमले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी जाकोब डफीले दुई तथा बेन सियर्स र इश सोधिले समान एक विकेट लिए ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC