माघ १८, २०८२ आइतबार | १९:०७:२८
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

लिग चरणको आफ्नाे अन्तिम खेलमा एपिएफ विजयी

काठमाडौं । कोशी प्रदेशविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने झिनो सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै ९ खेलमा १४ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ । पराजित कोशीले समान खेलबाट दुई अंकका साथ पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

अब बिहीबार हुने खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग फराकिलो हार बेहोरे एपिएफले फाइनल यात्रा तय गर्नेछ ।

बुधबार सिद्धार्थ रंगशालामा कोशीले प्रस्तुत गरेको २५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

एपिएफका लागि लोकेश बमले ५४ बलमा समान ६ चौका र छक्काको मद्दतले अविजित ८४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ७३ बलमा सात चौकासहित ६१, दीपक बोहराले ३६, सन्दीप जोराले ३०, इर्सद अहमदले अविजित १६ र अभिषेक गौतमले १४ रन बनाए । 

नवौं विकेटका लागि लोकेश र इर्सदले अविजित ९४ तथा पाँचौं विकेटका लागि रोहित र सन्दीपले ५४ रनको साझेदारी गरेका थिए । 

कोशीका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले समान तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुईँटेलले समान एक विकेट लिए । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनको योगफल तयार पारेको थियो । 
कोशीका लागि शकिब हकले ६३ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी कप्तान अंकित सुवेदीले ३५, आइस भट्टराईले ३४, सुजन थपलियाले ३३, चिराग साहले २४ र फिरदोस अन्सारीले १२ रन बनाए । 

पहिलो विकेटका लागि शकिब र चिरागले ९० तथा पाँचौं विकेटका लागि अंकित र सुजनले ५२ रनको साझेदारी गरेका थिए ।

एपिएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान तीन, रोहितकुमार पौडेलले दुई तथा इर्साद अहमद र अमरसिं राउटेलाले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।