चैत्र १२, २०८२ बिहीबार | १७:३२:४५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

लिग चरणको आफ्नाे अन्तिम खेलमा एपिएफ विजयी

काठमाडौं । कोशी प्रदेशविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने झिनो सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै ९ खेलमा १४ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ । पराजित कोशीले समान खेलबाट दुई अंकका साथ पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

अब बिहीबार हुने खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग फराकिलो हार बेहोरे एपिएफले फाइनल यात्रा तय गर्नेछ ।

बुधबार सिद्धार्थ रंगशालामा कोशीले प्रस्तुत गरेको २५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

एपिएफका लागि लोकेश बमले ५४ बलमा समान ६ चौका र छक्काको मद्दतले अविजित ८४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ७३ बलमा सात चौकासहित ६१, दीपक बोहराले ३६, सन्दीप जोराले ३०, इर्सद अहमदले अविजित १६ र अभिषेक गौतमले १४ रन बनाए । 

नवौं विकेटका लागि लोकेश र इर्सदले अविजित ९४ तथा पाँचौं विकेटका लागि रोहित र सन्दीपले ५४ रनको साझेदारी गरेका थिए । 

कोशीका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले समान तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुईँटेलले समान एक विकेट लिए । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनको योगफल तयार पारेको थियो । 
कोशीका लागि शकिब हकले ६३ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी कप्तान अंकित सुवेदीले ३५, आइस भट्टराईले ३४, सुजन थपलियाले ३३, चिराग साहले २४ र फिरदोस अन्सारीले १२ रन बनाए । 

पहिलो विकेटका लागि शकिब र चिरागले ९० तथा पाँचौं विकेटका लागि अंकित र सुजनले ५२ रनको साझेदारी गरेका थिए ।

एपिएफका लागि अभिषेक गौतम र मौसम ढकालले समान तीन, रोहितकुमार पौडेलले दुई तथा इर्साद अहमद र अमरसिं राउटेलाले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो