चैत्र १६, २०८१ शनिबार | २०:५७:२१
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तार्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा ‘क्लिन स्विप’ गरेको छ । 
बुधबार वालिङटनस्थित स्काई रंगशालामा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले आठ रनको रोमाञ्चक जित निकाल्यो ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि अस्ट्रेलिया आठ विकेट र ८२ रनले विजयी भएको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले ४७ बलमा सात चौकको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन् । यसैगरी म्याडी ग्रिनले ३५ बलमा पाँच छक्का र दुई चौकासहित ६२ र बेला जेम्सले १४ रन बनाए ।

पाँचौ विकेटका लागि केर र ग्रिनबीच ९९ रनको साझेदारी भएको थियो । अस्ट्रेलियाका लागि एनाबेल सदरल्यान्डले चार, मेगन स्कटले दुई र जर्जिया वेरेहमले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि जर्जिया भोलले ५७ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७५ रन बनाइन् । यसैगरी एलिस पेरीले अविजित ३२, फोबी लिचफिल्डले २६, बेथ मोनीले २१, कप्तान ताहलिया म्याकग्रेथले अविजित १४ र एनाबेल सदरल्यान्डले ११ रन जोडे ।

भोलले पहिलो विकेटका लागि मोनीसँग ६४ तथा दोस्रो विकेटका लागि लिचफिल्डसँग ५४ रनको साझेदारी गरेकी थिइन् ।

न्युजिल्यान्डका लागि रोजमेरी मायर, सोफी डिभाइन, इडेन कार्सन र कप्तान सुजी बेट्सले समान एक विकेट लिए ।


भिडियो
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan
प्रि-सिजन प्रशिक्षणबाट सन्तुष्ट छु, हामी उपाधि जित्छौं IIJonathan Campbell ,FC Chitwan
अन्तिम समयसम्म फाइट दिनेछौं II MILAN RAI , FC Chitwan
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN