चैत्र ८, २०८२ आइतबार | ०४:२६:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड ३२ लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्षको अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख हुने बताएको छ ।

सोमबार र  मंगलबार दुई दिन बसेको एन्फाको बैठकले आगामी आर्थिक वर्षको बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ साधारण साभामा पेश गर्ने निर्णय गरेको हो ।

एन्फाको आगामी साधारणसभा वैशाख २६ गते हुँदैछ । मिति तय भए पनि स्थान भने घोषणा गरिएको छैन । आर्थिक वर्ष २०८०/०८१ आर्थिक वर्षको बजेटको विषयमा पनि छलफल भएको थियो । तर, यसको निर्णय भने एन्फाले सार्वजनिक गरेको छैन ।

त्यस्तै, बैठकले आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षण आगामी साधारणसभाबाट पास गर्ने निर्णय गरेको छ । यसैगरी म्याट रसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि भएकाे छ । पियुष न्यौपानेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै एन्फाले पूर्व अध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानविन गरि कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानविन गरि निर्णयका लागि पत्रचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो