चैत्र १६, २०८१ शनिबार | २०:४८:२४
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर सन्दीप र आनिल बाहिर, २० खेलाडी बन्द प्रशिक्षणमा नेपालले चारदेशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने टाइम्सले साबा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक ललित सर्वोत्कृष्ट खेलाडी अभ्यास शृंखलामा नेपालको ‘क्लिन स्विप’ पुलिस लगातार दोस्रो पटक च्याम्पियन केपी ओली कप क्रिकेट अर्को साता गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने

विशाल पटेलको उत्कृष्ट प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । विशाल पटेलको उत्कृष्ट प्रदर्शनप्रेरित मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनको जित दर्ता गरेको छ । 

जितसँगै आठ खेलमा ६ अंक जोडेको मधेश सातौं स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिमले ९ खेलबाट ६ अंकका साथ आठौं स्थानमा रहेर प्रतिायेगिताको अन्त्य गरेको छ । 

भैरहवाको एक्ट्राटेक ओभलमा मधेशले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमै समेटियो । 

सुदूरपश्चिमका लागि हेमन्त धामीले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका पाँच ब्याटर रन खाता पनि नखोली आउट भएका थिए । 

मधेशका लागि विशालले ६ ओभरमा दुई मेडनसहित १८ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । यसैगरी प्रदीप पास्वानले तीन तथा रुपेश सिंहले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । मधेशका लागि रञ्जित कुमारले २३, पवन सराफले १९ तथा दीपेश दास र रुपेश सिंहले समान १२ रन बनाए । 

सुदूरपश्चिमका लागि शेर मल्ल र हेमन्त धामीले समान चार तथा कप्तान नारायण जोशी र विकास आग्रीले समान एक विकेट लिए ।


भिडियो
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan
प्रि-सिजन प्रशिक्षणबाट सन्तुष्ट छु, हामी उपाधि जित्छौं IIJonathan Campbell ,FC Chitwan
अन्तिम समयसम्म फाइट दिनेछौं II MILAN RAI , FC Chitwan
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN