टेस्ट शृंखला

श्रीलंकामाथि पाकिस्तानको सानदार जित

काठमाडौं । पाकिस्तानले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध एक इनिङ र २ सय २२ रनको सानदार जित निकालेको छ ।  जितसँगै पाकिस्तानले दुई खेलको टेस्ट शृंखला क्लिनस्विप गरेको छ । पहिलो  टेस्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

दोस्रो इनिङमा श्रीलंकाले सबै विकेट गुमाउँदै १ सय ८८ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि एन्जिलो म्याथ्युजले १ सय २७ बलमा सात चौका र दुई छक्काको मद्दतमा अविजित ६३ रन बनाए । यसैगरी  दिमुथ करुणारत्ने ४१,निशान मदुशका ३३ र कुशल मेन्डिसले १४ रन बनाए ।

पाकिस्तानका लागि नौमान अलीले सात र नसिम शाहले तीन विकेट लिए ।

यसअघि कोलोम्बोमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा श्रीलंका १ सय ६६ रनमै समेटिएको थियो । ५७६/ ५ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको पाकिस्तानले ४ सय १० रनको फराकिलो अग्रता लिएको थियो ।