वैशाख २७, २०८२ शनिबार | १५:३८:१७
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

सप्तरी प्रिमियर लिगः खडक वारियर्स च्याम्पियन

काठमाडाैं । बजाज खडक वारियर्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको पाँचाैं संस्करणकाे च्याम्पियन बनेको छ । खडक वारियर्स तेश्रो पटक च्याम्पियन बनेको हो ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न सोमबार फाइनलमा कन्चनरुप राइनोजलाई चार विकेटले पराजित गरेको हो ।

कन्चनरुपले प्रस्तुत गरेकोको एक सय ४५ रनको लक्ष्य  खडक वारियर्सले तीन बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।

खडक वारियर्सका लागि विशाल सुश्लिंगले ३३ बलमा ४ चौका र २ छक्को मद्दतमा अविजित ४६ रन बनाए । यसैगरी शाहिल पटेलले २१, राज बर्माले १७, सन्दीप रजाली र कर्ण विकले समान १४ तथा कप्तान विवेक यादवले १३ रन जोडे ।

खडक वारियर्सलाई जितका लािग अन्तिम ओभरमा १२ रन आवस्यक रहन्दा पप्पु यादवको पहिलो बलमा दुई रन लिएका विशालले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गरेका थिए ।

कन्चनरुपका लागि चित्र विष्टले सर्वाधिक तीन तथा राशिद खान, नारायण जोशी र पप्पु यादवले समान विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कन्चनरुपले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार पारेको थियो ।  

कन्चनरुपको लागि दिलिप नाथले २२ बलमा चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४२ रन योगदान गरे । यसैगरी नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए।

खडक वारियर्सका लागि विवेक यादवले चार, गोमानन्द अमात्यले दुई तथा अनिल यादव र दिनेश अधिकारीले समान एक  विकेट लिए।

खडक वारियर्सले उपाधिसहित तिन लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता कन्चनरुपले एक लाख पचास हजार रुपैयाँ पायो।

‘प्लेयर अफ द सिरिज’ घोषित कन्चनरुपका राशिद खानले २५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै उत्कृस्ट ब्याटर छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृस्ट बलर खडक वारियर्सका दिनेश अधिकारी घोषित भए। उनीहरुले जनही १५ हजार रुपैयाँ पाए ।उदियमान खेलाडी घोषित बलान बिहुल सुपर किंग्सका विशाल यादवले क्रिकेट किट हात पारे।  
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP