चैत्र १८, २०८२ बुधबार | १५:५२:३१
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

साइक्लिङ: इन्डिभिज्युल टाइम ट्रयालमा आर्मी र एपिएफले जिते एक-एक स्वर्ण पदक

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयालमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक–एक स्वर्ण पदक जितेका छन् ।

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिलातर्फको प्रतिस्पर्धामा आर्मीकी उषा खनालले निर्धारित २० किलोमिटर ३८ मिनेट ३१.४१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

समान दूरी पार गर्न ४२ मिनेट २.८८६ सेकेन्ड लगाएकी एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । ४२ मिनेट ५५.९६२ सेकेन्ड खर्चिएकी आर्मीकै मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।

आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफका खेलाडीले स्वर्ण र कास्य, तथा आर्मीका खेलाडीले रजत पदक जितेका छन् । २० किलोमिटरको दूरी ३४ मिनेट ०४.३०९ सेकेन्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण जिते ।

३६ मिनेट ४५.४१९ सेकेन्ड खर्चिएर आर्मीका हिमाल टमाटाले रजत पदक जिते । निर्धारित २० किलोमिटर पार गर्न ३६ मिनेट ५०.४४६ सेकेन्ड लगाउँदै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जिते ।

सात प्रदेश र तीन विभागीय गरी दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८/८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो