फाल्गुन १, २०८२ शुक्रबार | ०९:१६:२४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन

काठमाडौें । केभिआर समीट च्यालेन्ज सिजन तीनको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन च्याम्पियन भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । उनले स्टेन हेजलवर्ग र सोफी स्टाइनरलाई पछाडि पारे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्ड) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए ।

२५ किमीको दौड गोदावरी, फुल्चोकी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा तथा १० किलोमिटर दौड गोदावरी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानाडाका करीब १०० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार वितरण गरे ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026