चैत्र १७, २०८२ मंगलबार | ०६:३१:४७
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

अर्जुन कुलुङराईले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि

काठमाडौं । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा नेपालका अर्जुन कुलुङराई विजेता बनेका छन् ।

मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट १०० माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्डमा पूरा गरे । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्डका दोस्रो तथा शेर थारु २८ घन्टा ४७ मिनेट ६.२ सकेन्डसहित तेस्रो भए । शीर्ष तीनले क्रमशः ७५ हजार,  ४० हजार २० हजार रुपैयाँ प्राप्त गरे ।

१०० किमी दौडमा विशाल राई १३ घन्टा २९ मिनेट ४ सकेन्डका लगातार दोस्रो पटक च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ घन्टा ३९ मिनेट ७ सकेन्ड र निरोज भट्टले १४ घन्टा १२ मिनेट ३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यो स्पर्धाको महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भएन् । रसिलाले १७ घन्टा ५८ मिनेट ५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ घन्टा १५ मिनेट ५ सकेन्ड समयका साथ दोस्रो तथा फ्लेर मोउतज्वले २० घन्टा ४३ मिनेट ५ सकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

यो स्पर्धाका शीर्ष तीनलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर ६ घन्टा ४२ मिनेट २५ सकेन्डका साथ पहिलो, लोकेन्द्र राई ६ घन्टा ४६ मिनेट ३८ सकेन्डको समय निकाल्दै दोस्रो र धीरबहादुर बुढा ६ घन्टा ५९ मिनेट ५९ सकेन्डसहित तेस्रो भए । महिलातर्फ प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ७ घन्टा ४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ८ घन्टा १६ मिनेट ६ सेकेन्ड तथा राज्यलक्ष्मीले ८ घन्टा ४० मिनेट ५२ सकेन्ड समय लगाए ।

यो स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

३० किमी दौडमा राजन मेयोङबा ३ घन्टा ४३ मिनेट ३ सकेन्ड समय विजेता बने । युवकराज बुढा ४ घन्टा ३ मिनेट २२ सकेन्डका दोस्रो र अक्कल बढवाल ४ घन्टा ३७ मिनेट १ सकेन्डसहिथ तेस्रो भए । महिलातर्फ अस्मी तामाङ ६ घन्टा ३४ मिनेटका साथ ३ च्याम्पियन बनिन् । कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए ।

कथेरिनाले ८ घन्टा २४ मिनेट ६ तथा रीन्छेले ८ घन्टा ५३ मिनेटमा दौड पूरा गरे । यस स्पर्धामा  शीर्ष तीने  क्रमशः २० हजार १० हजार र ५ हजार रुपैयाँको हात पारे ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दूरी पुरा गरे  यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्डको समय निकाल्दै तेस्रो भए ।

लिमले ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे १ घन्टा १६ मिनेट १ सकेन्डका साथ दोस्रो र जर्मनीकी सामन्था नोउभेल १ घन्टा १८ मिनेट ४० सकेन्डसहित तेस्रो भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १९१ धावक धाविकाले सहभागिता जनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो