काठमाडौं । लुम्बिनी प्रदेश समूह विजेतका रूपमा सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार लुम्बिनीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
लुम्बिनीले खेल २५-१७ २५-२१, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै समूह ‘बी’काे लुम्बिनीले दुई खेलमा चार अंक जोड्यो । हारका बाबजुत गण्डकी पनि समान खेलबाट तीन अंकका साथ उपविजेताका रूपमा अगाडि बढ्यो । कोशी भने बाहिरिएको छ ।
पहिलो खेलमा लुम्बिनी कोशीसँग ३-१ को सेटमा पराजित हुँदा गण्डकीले कोशीलाई ३-० को सेटमा पराजित गरेको थियो ।
पुरुषतर्फ नै समूह ‘ए’ बाट बागमती र सुदूरपश्चिमले सेमिफाइनलको यात्रा तय गरेका छन् ।
यसैगरी महिलातर्फ पनि सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट बागमती र गण्डकी तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशीले सेमिफाइनल यात्रा तय गरे ।