माघ २, २०८१ बुधबार | १०:२५:२८
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

लामाचौर कप भलिबलः उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः योगेन श्रेष्ठ/ पोखरा ।

पोखरा । लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिस क्लब भिड्ने भएका छन् । 

नव आदर्श सामुदायिक समाज (नाकोड्स) को आयोजनमा भइरहेको प्रतियोगितामा बिहीबार एपिएफले गण्डकी प्रदेश भलिबल संघलाई ३-१ को सेटमा पराजित गर्याे ।

दोस्रो सेट सकिएपछि खबर प्रकाशका कारण बुधबारको खेललाई बिहीबारका लागि सारिएको थियो ।

पोखरा-१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले खेल २५-१८, २५-२३, २०-२५, २५-१६  ले आफ्नो पक्षमा पार्यो ।

लगातार दोस्रो जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा एपिएफले गलकोट स्पोर्टस क्लबलाई ३-१ कै सेटमा पराजित गरेको थियो ।

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सौजन्यः योगेन श्रेष्ठ/ पोखरा ।
 

एपिएफको यो जितसँगै पुलिसले पनि फाइनलमा स्थान पक्का गरेको छ । अघिल्ला दुई खेलमा पुलिसले गण्डकी र गलकोटलाई समान ३-० को सेटमा पराजित गरेको थियो । 

दुवै खेलमा पराजित गण्डकी र गलकोट अंकविहिन छन् ।

प्रतियोगितामा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । आज एपिएफ र पुलिस तथा गण्डकी र गलकोट भिड्ने छन् ।

यसैगरी महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड युथ स्पोर्टस र एपिएफ क्लब भिड्ने पक्का भइसकेको छ ।

महिलतर्फ लिग चरणको अन्तिम खेलमा आजै न्यु डायमन्ड र एपिएफ तथा गण्डकी र एभरेस्ट भलिबल क्लब प्रतिस्पर्धा गर्दैछन् । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO