माघ १७, २०८२ शनिबार | ०२:४८:३६
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

लामाचौर कप भलिबलः एपिएफको दोहोरो जित

पुरुषतर्फ प्रतिस्पर्धा गर्दै एपिएफ र गलकोट, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

पोखरा । विभागीय टोली नेपाल एपिएफ क्लबको महिला तथा पुरुष दुवै टोलीले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा मंगलबार जित निकालेका छन् । 

इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा महिलतर्फको उद्घाटन खेलमा एपिएपलले गण्डीकी प्रदेश भलिबल संघविरुद्ध ३-१ सेटको जित निकाल्यो । एपिएफले खेल २५-१४, २५-१४, २४-२६, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

पुरुषको उद्घाटन खेलमा एपिएफले गलकोट स्पोर्टस क्लबलाई ३-१ सेटमा हरायो । एपिएफले २५-१७, २५-२७, २५-१६, २६-२४ को जित निकाल्यो  ।

महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लबलाई २५-१४, २५-१२, २५-१७ को सोझो सेटमा पराजित गर्यो ।

महिलातर्फ प्रतिस्पर्धा गर्दै एपिएफ र गण्डकी,  तस्विरः सुदर्शन रञ्जित /पोखरा ।
 

यता पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता गण्डकी प्रदेश भलिबल संघलाई ३०-२८, २५-१७, २५-२१ ले पराजित गर्यो ।

दोस्रो दिन बुधबार महिलातर्फ न्यु डायमण्ड र गण्डकी तथा एपिएफ र एभरेसट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुनेछन् ।

दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।